MENU

कोरोना उपचारमा हाइड्रोक्सिक्लोरोक्विनको प्रयोग रोक्न डब्लूएचओको अनुरोध

विश्व स्वास्थ्य संगठन डब्लूएचओले, कोरोना भारसको संक्रमण रोक्न ट्रायल भइरेको भनिएको मलेरियाको औषधि हाइड्रोक्सि.क्लोरोक्विनको प्रयोग तत्कालका लागि रोक्न अनुरोध गरेको छ ।

डब्लूएचओका महानिर्देशक डा. अधानोम टेड्रोसले, लानसेट अनुसन्धान पत्रिकाले प्रकाशन गरेको प्रतिवेदनअनुसार मेलेरियाको औषधि कोरोना संक्रमितले खाँदा झन् मृत्युको जोखिम बढाएको भन्दै यसको परीक्षण स्थगन गर्न विश्व समुदायलाई आग्रह गरेका हुन् ।

यो औषधिको फाइदा बेफाइदाबारे डब्लुएचओले विस्तृत अध्ययन गर्ने पनि उहाँको भनाई छ ।

(अन्तराष्ट्रिय संचार माध्यमको सहयोगमा)