MENU

कोरोना भाइरसको प्रभाव अझै बढ्न सक्छ : डब्लुएचओ

विश्व स्वास्थ्य संगठन डब्लुएचओले, कोरोना भाइरसका कारण उत्पन्न चुनौति थप बढ्न सक्ने चेतावनी दिएको छ।

विश्वभर कोरोना भाइरसका कारण ज्यान गुमाउनेको संख्या ५ लाख नाघेको र १ करोड भन्दाबढी मानिस संक्रमित भएको भन्दै नियमित पत्रकार सम्मेलनमा डब्लुएचओका प्रमुख टेड्रोस अध्यानोम ग्रेब्रयेससले डब्लुएचओको चेतावनी वेवास्ता गरिएको भन्दै चित्त दुखाए ।

त्यस्तै उनले, सामान्य अवस्थामा मात्रै रहेका देशले पनि ढुक्क हुने अवस्था नरहेको भन्दै सर्तक रहन आग्रह गरेका छन् ।

धेरै बृद्धा बृद्धाहरु रहेको देश जापानले कोरोनाको प्रभाव कम गर्न महत्वपुर्र्ण भूमिका खेलेको भन्दै प्रशंसा गरेका टेड्रोसले अझै पनि यो भाइरसको त्रास बाँकी रहेको भन्दै सर्तकता अपनाउन सुझाव दिए ।