MENU

कोरोना भाइरसबाट विश्वभर ज्यान गुमाउनेको पाँच लाख २९ हजारभन्दा बढी

कोरोना भाइरसबाट विश्वभर मृत्यु हुनेको संख्या ५ लाख २९ हजार ५५५ पुगेको छ।

विश्व स्वास्थ्य संगठन डब्लुएचओले आफ्नो दैनिक प्रेस विज्ञप्तिमा विश्वभर हालसम्म १ करोड १२ लाख ७ हजार ५४० जना संक्रमित भएको जनाएको छ ।

त्यस्तै ६३ लाख ६३ हजार ६९६ जना निको भएका छन् भने ४३ लाख २४ हजार बढी मानिस उपचाररत रहेको बताइएको छ ।

डब्लुएचओकाअनुसार सबैभन्दाबढी संयुक्त राज्य अमेरिकामा मात्र २८ लाख ९१ हजार भन्दाबढी कोरोना भाइरसका संक्रमित भेटिएका छन् भने १ लाख ३२ हजार १ सय भन्दाबढीको मृत्यु भइसकेको छ।