MENU

कोरोना महामारी नियन्त्रणमा भएको कमजोरीमा प्रधानमन्त्री मोरिसनले मागे माफी

कोरोना महामारी नियन्त्रणमा भएको सरकारको कमजोरीमा अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले माफी मागेका छन् ।

महामारीको बेला आफूहरूले त्यसको व्यवस्थापन र नियन्त्रणमा सचेततापूर्वक ध्यान दिन नसकेको प्रधानमन्त्री मोरिसनले स्वीकार गरेका छन् ।

क्याबेरामा नेशनल प्रेस क्लब बोल्दै मोरिसनले खोप कार्यक्रम, बृद्ध हेरचाहको क्षेत्रका समस्या र र्‍यापिड एन्टीजेन परीक्षण किटको अभाव जस्ता समस्यामा सार्वजनिक रूपमा व्यक्त भएका आक्रोस बारे आफ्नो धारणा राखेका थिए ।

व्यवस्थापकीय कमजोरी हुनुमा कोभिड–१९ को नयाँ भेरियन्ट र विज्ञहरुबाट आएका स्वास्थ्य सल्लाह मुख्य कारण रहेको प्रधानमन्त्रीले बताएका छन् । उनले सल्लाहकारहरुले सही सल्लाह दिन नसकेको संकेत गरेका थिए ।

गर्मी समय सुरू हुन लागेकाले पनि सरकार बढी आशावादी भएको उनले बताए । ‘हामी धेरै जसो गर्मी महिनाको प्रतिक्षामा थियौं । भाइरसले हामीलाई भुईमा पु¥याइदियो । मानिसहरुले ठूलो निराशा भोग्नु परेको छ’, प्रधानमन्त्री मोरिसनले भनेका थिए ।

आगामी दिनमा वृद्ध स्याहार केन्द्र र अस्पतालहरुमा राम्रो व्यवस्थापन गर्ने कुरामा ध्यान दिने उनले बताएका थिए ।

यस पटकको गर्मी महिनामा कोरोना संक्रमण घटेर उल्लाहमय आवस्था आउने आशा गरिएको भए पनि त्यसलाई ओमिक्रोन भाइसरले निराशामा परिणत गरिदिएको मोसिनको भनाई थियो ।

संक्रमणका कारण मानिसको मृत्युदर बढिरहेको, एन्टिजेन परीक्षण किटको अभाव भएको र यसले मतदाताहरु निराश बनेको प्रधानमन्त्री मोरिसनले स्वीकार गरेका छन् ।

‘खोप लगाएकाहरूमा पनि संक्रमण हुने अवस्था हामीले सोचेका थिएनौ । यस्तो भेरियन्टको सामना गर्नुपर्छ भन्ने लागेको थिएन’, मोरिसनले भने ।

खोप कार्यक्रममा सरकारले प्रशस्त खर्च गरेको उनले बताए ।

अस्ट्रेलियामा बढ्दो महंगीको बारेमा पनि उनलाई प्रश्न गरिएको थियो । तर, प्रधानमन्त्रीले बजारमा सामान किन्न आफू नजाने गरेको तर, सबै सामानको मूल्य यथोचित होस भन्नेमा ध्यान दिएको उनले बताएका छन् ।

अधिकांश अस्ट्रेलियन नागरिक भन्छन् : आप्रवासीले स्थायी बसोबासको अनुमति पाउनुपर्छ