MENU

कोरोना लड्न चीनले हस्तान्तरण गर्यो सेनालाई मेडिकल सामग्री


PHOTO @ChinaEmbNepal

चीनले नेपाली सेनालाई सहयोग गरेको मेडिकल सामग्री चिनियाँ राजदूत होउ यान्छीले बुधबार प्रधानसेनापति पूर्णचन्द्र थापालाई मेडिकल सामग्री हस्तान्तरण गरेकी छिन् ।

सैनिक मुख्यालयमा आयोजित एक कार्यक्रमबीच बुधबार यान्छीले चिनियाँ सेनाको जहाजबाट नेपाल ल्याइका ती सामाग्री नेपाली सेनाका प्रधानसेनापति थापालाई हस्तान्तरण गरेकी हुन्।

प्रधानसेनापति थापाले चिनियाँ सहयोगप्रति आभार प्रकट गरेका थिए।

कोभिड १९ को सम्भावित महामारीसँग जुध्न चीनले पीपीई, एन ९५ मास्कलगायत सामग्री बुधबार चिनियाँ सेनाको जहाजमार्फत काठमाडौँ ल्याइर्पुयाएको थियो ।