MENU

कोरोना लागेका बेलायती प्रधानमन्त्री आईसीयूमा

कोरोना भाइरसको संक्रमण भएर अस्पताल भर्ना भएका बेलायती प्रधानमन्त्री बोरिस जोनसन इन्टेन्सिभ केयर युनिट (आईसीयू)मा भर्ना भएका छन्।

लण्डन अस्पतालमा भर्ना भएका जोनसन होसमै छन् तर उनको स्वास्थ्य अवस्था निकै खराब रहेको बताइएको छ।

१० दिनअघि प्रधानमन्त्री जोनसनमा कोरोनाको संक्रमण देखिएको थियो। अस्पताल भर्ना हुनु अघिसम्म पनि उनी आफ्नो जिम्मेवारी सम्हालिरहेका थिए। अस्पताल भर्नापछि भने उनले विदेशमन्त्री डोमिनिक राबलाई कार्यकार सुम्पेका छन्।

५५ वर्षका जोनसोन स्थानीय समयअनुसार आइतबार बेलुका अस्पताल भर्ना भएका थिए ।

प्रधानमन्त्री जोनसोनमा कोरोना संक्रमणको सामान्य लक्षण देखिएपछि १० दिनअघि जाँच गराउँदा संक्रमणको पुष्टी भएको थियो ।

बीबीसी