MENU

अष्ट्रेलियाका ४ सय ८२ सहित २१ देशका ११ हजारबढी नेपाली स्वदेश फर्किए

कोरोना कारण विभिन्न देशमा रोकिएका ११ हजार भन्दाबढी नेपाली स्वदेश फर्किएका छन् ।

सरकारले विदेशमा अलपत्र परेका नेपालीलाई स्वदेश फर्काउन थालेपछि हालसम्म २१ देशबाट ११ हजार ५ सय ८५ जना नेपाली फर्किएको कोरोना जोखिम व्यवस्थापन समिति सीसीएमसीले जनाएको छ।

जेठ २१ गतेबाट चार्टर्ड उडान मार्फत स्वदेश फर्किन शुरु भएपछि सबैभन्दा धेरै यूएईबाट २ हजार १७ जना नेपाली स्वदेश फर्किएका छन्।

यस्तै कुवेतबाट २ हजार २ जना, साउदीबाट ११ सय १८ र कतारबाट ६ सय ६८ जना फर्किएका छन्।

सीसीएमसीले उपलब्ध गराएको तथ्याङ्क अनुसार अमेरिकाबाट ५२३ जना स्वदेश फर्किदाँ अष्ट्रेलियाबाट पनि ४८२ जना फर्किएका छन्।

विदेशबाट फर्किएका ७ हजार ४ सय १ जना सरकारले विभिन्न प्रदेशमा बनाएको क्वारेन्टिनमा छन्।

६ सय ३ जना घरमै जान पाएका छन् भने, स्थानीय तहका क्वारेन्टिनमा १ हजार ७ सय ९ जना र ७१९ जना होटलमा बसिरहेका छन् ।

ती मध्ये २८ जनालाई अस्पताल भर्ना गरिएको सीसीएमसीले जनाएको छ।