MENU

कोरोना संक्रमितको सम्पर्कमा पुगेपछि न्यूजिल्याण्डकी प्रधानमन्त्री आइसोलेशनमा

FILE PHOTO: New Zealand Prime Minister Jacinda Ardern REUTERS/Martin Hunter

कोभिड–१९ संक्रमितको सम्पर्कमा आएपछि न्यूजिल्याण्डकी प्रधानमन्त्री जसिन्डा अर्डर्न आइसोलेशनमा बसेकी छन् ।

प्रधानमन्त्री अर्डर्न सवार जहाजमा कोराना संक्रमित व्यक्ति पनि भेटिएपछि उनी आइसोलेशनमा बसेकी हुन् ।

जनवरी २२ मा प्रधानमन्त्री जसिन्डा अर्डर्न केरीकेरीबाट अउकल्याण्ड गएकी थिइन् । सोही यात्राको क्रममा उनी कोभिड–१९ संक्रमितको सामुन्नेमा परेको बताइएको छ ।

प्रधानमन्त्री जसिन्डालाई कोभिड–१९ को लक्षण देखिएको भए पनि अवस्था भने सामान्य रहेको बताइएको छ ।

उक्त उडानमा भएका सबै यात्रुहरू कम्तिमा १० दिन आइसोलेशन र क्वारेन्टाइनमा बस्नुपर्ने भनिएको छ ।