MENU

को हुन् ‘प्रेम गीत ३’ का डेब्यु नायक मनिष ? (फोटो सहित)

फिल्म प्रेम गीत ३ का लागि मेल लिड क्यारेक्टरमा अडिसन मार्फत छानिएका कलाकार हुन्, मनिष राउत ।भक्तपुर निवासी राउत अस्कर कलेजमा फिल्म मेकिंगमा स्नातक तहका बिद्यार्थी हुन् । कलेजमा हुने प्राक्टिकल अन्तर्गत रहेर केहि सर्ट फिल्ममा काम गरिसकेका उनी प्रदीप खड्का झैँ अडिसन मार्फत नै फिल्ममा जोडिएका हुन् । आसुसेन फिल्म्सको ५ औ फिल्ममा जोडिएका उनी सफल टिमसंग जोडिन पाएकोमा खुसि छन् । सुगठित शरीर र आकर्षक आवरणका उनी ६ फिट अग्ला छन् । ‘प्रेम गीत’ ब्राण्ड संग जोडिन पाएकोमा आफुलाइ भाग्यमानी ठान्ने उनी यसको सम्पूर्ण श्रेय फिल्म निर्माता तथा निर्देशक सन्तोष सेनलाइ दिन्छन् । फिल्ममा उत्कृस्ट प्रस्तुति दिने तयारी स्वरूप उनी हाल निर्माण टिमले गराईरहेको वर्कसपमा ब्यस्त छन् । नेपाली फिल्म जगतमा स्वागत गर्दै उनलाई डेब्यु फिल्मका लागि शुभकामना ।