MENU

क्यानडामा अन्धाधुन्ध गोली हानेर १३ जनाको हत्या

क्यानडाको एक ग्रामिण क्षेत्रमा एक बन्दुकधारीले अन्धाधुन्ध गोली हानेर १३ जनाको हत्या गरेका छन् ।

क्यानडाको नोवा स्कोटिया भन्ने स्थानमा प्रहरीको पोशाक लगाएका एकजना बन्दुकधारीले गोली हानेर १३ जनाको हत्या गरेको बीबीसीले उल्लेख गरेको छ ।

आक्रमणकारी ५१ वर्षीय गेब्रियल वार्टम्यान रहेको र प्रहरीको जस्तै देखिने गाडी प्रयोग गरेको प्रहरीले जनाएको छ ।

नोवा स्कोटियाको ग्रामिण शहर पोर्टापिकमा बन्दुकधारी शनिबार राति घुसेको सूचना पाएपछि प्रहरीले स्थानीयलाई घरबाट बाहिर ननिस्किन भनिएको थियो । प्रहरीबाट भाग्दै, लुक्दै बन्दुकधारीले आइतबार धेरै स्थानमा गोली हानेर १३ जनाको हत्या गरेको बीबीसीले जनाएको छ ।

ती आक्रमणकारीलाई प्रहरीले १२ घण्टाको प्रयासपछि मारेको छ । घटनाका विषयमा थप अनुसन्धान पनि भइराखेको त्यहाका अधिकारीलाई उधृत गर्दै बीबीसीले लेखेको छ ।

प्रधानमन्त्री जस्टिज ट्रुडोले घटनालाई ‘निकै दुःखद’ को संज्ञा दिएका छन् । नोवा स्कोटियाका प्रिमियम स्टिफन म्याकलिनले भने प्रान्तकै इतिहासमा सबैभन्दा दुःखद घटनामध्ये एक हो भनेका छन् ।