MENU

क्यानबेराको क्वारेन्टिनमा नरेशको लकडाउन डायरीः “यता पाँचतारे होटल उता खुल्ला चौर”

Chhatra Shankar
Editor at Nepalese Australian

क्यानबेरा, केही बर्षअघि सिड्नी रेलमा वेवारिसे भेटेको पैसा बुझाएर असल नागरिककोे परिचय बनाएका भक्त्तपुरका नरेश अवाललाई क्यानवेराको क्वारेन्टिनमा पाएको सुविधा भन्दा, नेपालमा गोठको क्वारेन्टिनमा बसेकाहरुको चिन्ताले सताएको छ ।
विश्वभर कोरोना भाइरस संक्रमण बढी रहदा गत मार्च ८ मा मातृभूमीको मायाले त्रास नै त्रासकाबीच नेपाल गएका नरेश लकडाउन कै कारण ७५ दिनसम्म नेपालमै थुनिए ।

Narace Awal

अस्ट्रेलियन नागरिक भइसकेका नरेशलाई सरकारले नेपाल एयरलाइन्सको विमानवाट गत मंगलवार क्यानवेरा ल्याइसेको छ । उनी चन्द्र सूर्य अंकित विमानवाट शानका साथ अस्ट्रेलिया आएर क्यानवेरामा विशेष सुविधाको १४ दिने क्वारेन्टिन कटाई रहेका छन ।

लकडाउनका कारण मातृभूमीका नागरिकले काठमाडौं देखी कर्णली सम्म कलंकी देखि काकडभित्तासम्म खालीखुट्टा हिडेर घरपुगेको दृश्यहरु, नरेशले आफै क्वारेन्टिनमा बस्दा समेत अझै भुल्न सकेका छैनन ।

उनी भन्छन, “मलाई त लाग्छ, हामी नेपालीमुलका अस्ट्रेलियनहरुलाई क्वारेन्टिनमा बस्नका लागि यती धेरै सुविधा चाहिदैन पनि थियो, हामीले माग्ने पनि थिएनौ होला । तर देश विकसित र शासक राम्रो भएकै कारण हामीले नसोकेको सुविधा पायौ ।”

आफू सुविधान सम्पन्न क्वारेन्टिनमा बसेपनि नेपाल फर्कने दाजुभाइको क्वारेन्टिनबसाई कस्तो होला भन्ने चिन्तामा डुवेका छन् नरेश । उनी थप्छन विकसित देशबाट गएका मान्छेहरुले त होटलमा बसेको शुल्क आफै तिर्लान । तर खाडीमा श्रम र भारतमा मजदुरी गरी फर्किएका नेपालीहरुले होटलमा बस्ने र खाने खर्च कसरी जुटाउलान ?

भारतबाट आएका नेपालीहरु तराइको तातो हावामा पाल टागेर रात कटाइरहेका छन, उनीहरुलाई कस्तो गर्मी होला !

नेपाल सरकारको ब्यववस्थापन राम्रो भए आर्मी क्याम्प, स्टेडियमर होटललाई क्वारेन्टिन केन्द्र बनाउन सकिने नरेशको सुझाव छ । भावुक हुदै भन्छन, “सरकारी योजना नभएकै कारण लकडाउनको बेला नेपालीहरुले पाउनुु दुख पाइरहेका छन्, खै के नै गर्न सकिन्छ र ?”

कस्तो छ त लकडाउन यात्रा ?

भक्तपुरबाट १३ बर्ष अघि विद्यार्थी भिसामा कंगारुको देश टेकेका नरेश मातृभूमीको मायाले मार्च आठमा नेपाल गएका थिए ।

उनको लकडउन यात्रा यस्तो छः अस्ट्रेलियाबाट उड्दा केहीले मास्कलगाएको देखिन्थयो । मलेशियाबाट त सवै यात्रुहरुले मास्क लगाएका थिए । यात्रुहरु डराए जस्ता देखिन्थे । मान्छेलाई मान्छे देखिनै डर भएको भान हुन्थ्यो । त्रास नै त्रासका वीच घर त पुगियो तर, म नेपाल पुगेको दुईहप्ता पछि नेपालमा लकडाउन शुरु भयो ।

भाइरसको संक्रमण पनि विस्तारै बढ्दै गयो । नेपालमा मानसिक तनाव चाही थियो नै । दुई बर्षपछि घर गएको बाहिर निस्कनै पाइएन । शुरुमा घरमै बसियो । घरमा बसिरहनपनि गाह्रो नै भयो । त्यपछि विस्तारै परिवारसंग समय बिताउन थालियो । एउटा कुराले चाही साह्रै दुख लाग्थ्यो हिडेरै घर जानेहरुको दुखले चाही मन नराम्रो दुख्यो ।

तै पनि सामाजिक संजालबाट जनचेतना फैल्याउने कामचाही गरिहेको हुन्थ्ये । अस्ट्रेलियन नागरिक भएको कारणले जहाजलिन आउछ जस्तो त लागेको थियो । चौथो विमानमा चाही फर्कने सोच बानाए ।

नेपालीजहाजमा चड्नुको मज्जानै वेग्लै

नेपाल एयरलाइन्सको यात्राबारे नरेशको बयानउनकै शब्दमाः यो मेरो जीवनकै पहिलो उडान हो । त्यहीपनि विजय लामा दाईसंग । जहाजमा छिरिसकेपछि आफ्नै भाषामा बोल्दा ज्यादै खुशी लाग्यो ।

The Nepal Airlines repatriation flight from Kathmandu to Canberra
The Nepal Airlines repatriation flight from Kathmandu to Canberra

कोभिडले गर्दा होला सर्भिसमा अलिक परिवर्तन भएको रहेछ । एक प्रकारको आफ्नो महशुस भयो । जय चन्द्र सूर्य भन्ने विजय लामा दाईको जुन उद्घोषले देशप्रतिको माया ओतप्रोत बनाई रहन्थ्यो ।

क्यानबेरा एअरपोर्ट देखि क्वारेन्टिन हाेटल सम्म

नरेश भन्छनः जहाज ल्याण्ड क्यानबेरामा अवतरण गरेपछि स्थानिय (अस्ट्रेलियन) हरुले फोटो खिचिरहेका थिए । बाहीर निस्कदापनि नेपालीदिदीहरु नमस्कार भनिरहेका थिए । मैले आशा गरेको भन्दा धेरै नै सम्मान पाए । ‘वेलकम टु अस्टेलिया यु वील वी अलराईट माईट’ भन्दै दिए । छेउमा बसेका पुलिसहरुले पनि ‘वेलकमटु होम’ भने । वेलकमिङ वातारणले गर्दा धरै नै खुशी लाग्यो ।

हामीलाई ब्यवस्थापन गर्नेहरुको डिभिजन वर्क धेरै नै राम्रो लाग्यो । आफ्नो स्वास्थ्यको बारेमा सोध्यो । हेल्पडेक्स, खानेपानी प्रसस्तै थियो । एयरपोर्टदेखि हामीलाई बसबाट होटल लगियो ।

होटलमा पुगेपछि चेकिङ भयो । कोठाहरु सम्म स्कटिङ गरेर लगियो ब्यागहरुपनि उनीहरुले नै बोकिदिए । कोठा भित्र पस्ने बितिकै एउटा बक्स देखे त्यहा त वाइवाई चाउचाउ पो राखीदिएको रहेछ । मसला, राज्मा नेपालीले मनपराउने खानेकुराहरु थिए । नान रोटी समेत थियो कोठामा ।

मेरो क्वारेन्टिन बसाई एकमदै विशेष सुविधा युक्त छ । आफै पकाएर खाएपनि हुन्छ । नभए अनलाईनमा गाएर खाएपनि हुन्छ । खान र वस्नको कुनै पैसा लाग्दैन । सरकारले नै सपिङको लागि ३ सय ३० लडरको भौचर कार्ड दिएको छ । अर्कोभौचर ७५ डलरको छ । त्यसैले खाजा मगाएर खान्छु ।

नरेशले क्वारेन्टिन बसेको अपार्टमेन्टको एक रातको चार सय लडर हो । तर, अस्ट्रेलियन सरकारले विदेशबाट ल्याएका आफ्ना नागरिकहरुलाई निशुल्क खान बस्नको ब्यवस्था गरेको छ । नेपालबाट फर्किएका अस्टे«लियनहरुले २५ सय ५० विमान भाडा मात्र तिरेका छन । देश भित्रिएपछि उनीहरुको सबै खाना र छानाको ब्यवस्था सरकारले नै गरको छ ।