MENU

क्यानवेराबाट ११ जना नेपाली बोकेर काठमाण्डौ फर्कियो नेपाल एयरलाईन्स

The Nepal Airlines repatriation flight from Kathmandu to Canberra
The Nepal Airlines repatriation flight from Kathmandu Nepal brought 300 Australians arriving at Canberra Airport. Picture: Mohan Lama

क्यानवेरा,  नेपाल एयरलाईन्सको चार्टर विमान ११ जना नेपाली बोकेर क्यानवेराबाट  काठमाडौ फर्किएको छ ।

नेपाली दुतावासको पहलमा तीन जना र नेपाल सरकार र काठमाडौं स्थित अस्ट्रेलियन दुतावासको पहलमा आठ जना नेपाली लकडाउनडा वीच अस्ट्रेलियाबाट नेपाल फर्किएका हुन ।

क्यान्सर पिडीत विशाल पौडेल र उनकी श्रीमती तथा मानसिक तथा आर्थिक समस्यामा परेकी सुनिता परियारलाई दुतावासको पहलमा नेपाल पठाइएको राजदुत महेशराज दाहालले जानकारी दिनु भयो ।

नेपाल एयरलाइन्सको फ्लाइट आरए ४१३५ वाइड बडी विमान १५३ अष्ट्रेलियन, १ सय ४० अष्ट्रेलियन पिआरधारी र तीनजना न्युजिल्याण्डका नागरिक  मंगलबार ९ जुनमा क्यानवेरामा अवतरण गरेको थियो ।

यसअघि वैशाख २४ गते अष्ट्रेलियाको सिड्नीमा चार्टर्ड उडान गरेको निगमको वाइड बडी जहाजले लकडाउनको अवधिमा पहिलो पटक गत चैत १९ गते अष्ट्रेलियाको ब्रिसबेनमा चार्टर्ड उडान गरेको थियो ।

मलेशियाको क्वालालम्पुर ट्रान्जिट हुँदै अष्ट्रेलियासम्मको ती दुवै उडान क्रमशः करिब १२ र १३ घण्टाको थियो । नेपाल र अष्ट्रेलियाबीच हवाई सेवा सम्झौता भइसके पनि नियमित उडान हुन सकेको छैन ।

यो पनि पढ्नुहाेस् ।

https://nepaleseaustralian.com.au/archives/3165