MENU

क्विन्सल्याण्डको बी ग्रेडको क्रिकेट खेल्दै नेपाली क्लब

Nepalese Cricket Club Brisbane
Expert Nepalese Cricket Club Brisbane Players at Winter Warehouse Competitions 2020

ब्रिसबेन । अस्ट्रेलियाको क्विन्सल्याण्ड राज्यको ब्रिसबेनमा स्थापना भएको नेपाली क्रिकेट क्लबले यो सिजनको बी वान श्रेणीको क्रिकेट प्रतियोगिता खेल्न सफल भएको छ ।

एक्सपर्ट नेप्लिज क्रिकेट क्लब ब्रिसबेनले यहाँको १० वटा बहुसाँस्कृतिक क्लबहरु सहभागि वायर हाउस कप प्रतियोगितामा यो बर्ष पनि सहभागिता जनाएको हो ।

क्लबका खेल संयोजक अमित लोहनीका अनुसार सन् २००७ मा शुरु भएको यो क्रिकेट क्लब क्विन्सल्याण्ड राज्य सरकार र क्रिकेट क्विन्सल्याण्डमा पनि दर्ता भएको छ ।

सन् २००७ २००८ मा नेप्लिज एसोसिएन अफ क्विन्सल्याडको सहयोगमा प्राप्त खेल सामग्रीबाट शुरु भएको यो क्लबमा अहिले ६० जना सक्रिय सदस्यहरु रहेका छन् ।

क्लबका सबै खेलाडीहरुको बिमा गरिएको छ । खेलाडीहरुले खेल खेल्दा वा अभ्यास गर्दा कुनै शुल्क तिर्नु पर्दैन र खाम्रो खेल्ने खेलाडीले पुरस्कार स्वरुप नगद पनि पाउने गरेको खेलकुद कार्यक्रम संयोजक लोहनीले नेप्लिज अस्ट्रेलियनलाई बताए ।

क्लबका खेलाडीहरु आफ्नै होम ग्राउण्डमा मंगलबार र शनिवार अभ्यास खेल खेल्छन् भने अइतबार अन्य क्लबमाझ प्रतियोगिता हुने गरेको छ ।

लोहनीका अनुसार क्लबले अहिले स्थानिय ओल्स्टन क्रिकेट एकेडेमीसँग मिलेर सहुलिय शुल्कमा नेपाली बालबालिकाहरुलाई क्रिकेटको प्रशिक्षण दिने तयारी पनि गरिरहेको छ ।

राष्ट्रिष्य खेलाडी अमित लोहनी

सन् २००६मा अस्ट्रेलिया आउनु अघि अमित लोहनी नेपालका राष्ट्रिय स्तरका क्रिकेट खेलाडी थिए । नेपालमा रहँदा उनले भैरहवा क्रिकेट क्लब मार्फत बिभिन्न क्षेत्रिय प्रतियोगिता खेलेका थिए । यहाँ आएपछि पनि क्रिकेट खेल प्रतिको रुचीले उनलाई ब्यवस्थित नेपाली क्रिकेट क्लब बनाउन प्रेरण दियो ।