MENU

खोप पत्ता लागेपनि कोरोना भाइरस निर्मूल पार्न नसकिने सम्भावना : डब्लुएचओ

विश्व स्वास्थ्य संगठन डब्लुएचओले खोप पत्ता लागेपनि कोरोना भाइरस कहिल्यै पनि अन्त्य नहुने सम्भावना रहेको स्पष्ट पारेको छ ।

माइक रायनले बुधबारको ब्रिफिङ्गको क्रममा कोरोना भाइरस चाँडै अन्त्य हुने भन्दै भइरहेका भविष्यवाणी तर्फ इंगिद गर्दै यो भाइरस कहिल्यै अन्त्य नहुने वा रहिरहने सम्भावना देखिएको बताएका छन् ।

कोरोनाको अहिलेको जस्तो महामारी नियन्त्रण भएपनि पूर्ण रुपमा निर्मूल पार्न नसकिने सम्भावना रहेको विश्व स्वास्थ्य संगठन  डब्लुएचओका आपतकालीन निर्देशक डाक्टर माइक रायनको भनाइ छ ।

विगतमा फैलिएका एचआइभी एड्स, दादुरा लगायतका रोगहरु नियन्त्रणमा आएपनि अझै कायमै रहेकाले कोरोना भाइरस पनि निर्मूल पार्न नसकिने डब्लुएचओको दावी छ ।

विश्वलाई प्रभावित बनाइरहेको कोरोनाको महामारीबाट बच्न सबैको सामूहिक प्रयास आवश्यक पर्ने भन्दै डब्लुएचओले सकारात्मक पहल गर्न आग्रहसमेत गरेको छ ।

महामारी नियन्त्रणमा नआइसकेकाले विश्वका कतिपय देशले जारी लकडाउन खुकुलो पार्ने निर्णयप्रति आपत्तिसमेत जनाएको छ ।

यसैबीच कोरोनाका कारण विश्वव्यापी रुपमा करिब ३ लाख मानिसको मृत्यु भइसकेको छ ।

यस्तै करिब ४४ लाख २५ हजार मानिस संक्रमित भएका छन् भने उपचारपछि एक लाख ६५ हजार पाँच सय भन्दा बढी मानिस घर फर्किएका छन् ।

अमेरिकामा हालसम्म ८५ हजार भन्दा बढीको मृत्यु भएको छ ।