MENU

गोर्खा सैनिकको जिवनी सिड्नीमा पुरस्कृत

सिड्नी / नेपाली संचारकर्मी शान्ता नेपालीले निर्माण गरेको लघु  वृतचित्र सिड्नीमा पुरस्कृत भएको छ . यही सेप्टेम्बर ६ मा सिड्नीमा सम्पन्न २०१९ को  “फोकस अन येबिलिटी” शिर्षकको लघु वृतचित्र महोत्सबमा ब्रिटिश गोर्खा सैनिकमा कार्यरत रही अफगानिस्तानमा घाइते भएका हरि बुढामगर माथि बनेको वृतचित्रलाइ संसार भरिबाट सबै भन्दा बढी अनलाइन भोट प्राप्त भएको थियो .

 

अस्ट्रेलियाको समय अनुशार बिहान सबेरै हरि बुढामगरले आफ्नो फेसबुक प्रोफाइलमा लेखे – “असम्भव केहि हुदैन”  शिर्षकको मेरो जीवनमा आधारित भएर शान्ता नेपालीले  निर्माण गरेको वृतचित्र अस्ट्रेलियामा पुरस्कृत भएको थाहा पाउदा गौरबांवित महसुस गरेको छु . उनले यद्दपी आफु अन्य प्रतिबद्दताका कारण सिड्नी आउन नपाएको तर निर्माता/निर्देशक शान्ताले ग्रहण गरेको बताएका छन् .

 

उनले यो फिल्म महोत्सबमा पुरस्कृत यस प्रकारको पहिलो नेपाली फिल्म भएको भन्दै संसार भरिबाट मायागर्ने अनलाइन मतदाताहरु  र संचारकर्मी तथा माध्यमहरुलाई धन्याबाद दिएका छन् . र , भनेका छन् – मेरो सगरमाथा यात्रा सम्म सबैको सहयोग सद्भाव हुने छ . यो फिल्म कि निर्माता/ निर्देशक संचारकर्मी शान्ता नेपालीले  नेप्लिज अस्ट्रेलियनसंग कुरा गर्दै भनिन- संसार भरिका ६० वोटा फिल्म सहभागी महोत्सबमा नेपाली फिल्म सबैभन्दा बढी अनलाइन भोटिंग प्राप्त गर्नु खुशीको कुरा हो . म यो फेस्टिबलको एक सहभागीको नाताले गौरबांवित छु , मेरो लागि यो फिल फेस्टिबल भन्दा पनि मैले अपाङ्गता भएका मानिस पनि महान काम  गर्न सक्छन  भनेर सहयोग र प्रोत्साहन गर्ने अवसर पाएको अनुभूति भएको छ .”

 

बास्तवमा यो ५ मिनेट मात्रको वृतचित्र उनीमाथि बन्दै गरेको लामो वृतचित्र को एक सानो भाग मात्र हो . हरि बुढामगरको सगरमाथा यात्रा सम्मको साहसिक कथा त् छायांकन हुने बाकि छ . अर्को वर्ष उनि सगरमाथा आरोहन गर्दै छन् .  अहिले सम्म उनले ६ हजार मिटर सम्मको हिमाल छाडेको रेकर्ड बनाइसकेका छन् . युद्दमा घुडा मुनिका दुवै खुट्टा गुमाए पनि मानिसमा कसरि फरक खालको सक्षमता हुनसक्छ भन्ने एक राम्रो उदाहरण हुन् – हरि बुढामगर .