MENU

गुठी अस्ट्रेलियाको अध्यक्षमा अनुप महर्जन निर्वाचित

सिड्नीमा सक्रिय सामुदायिक संस्था गुठी अस्ट्रेलियाको गएको हप्ता भएको साधारणसभाले अनुप महर्जनको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।

सिड्नीमा नेपाली कला र संस्कृतिको संरक्षण एवं प्रवद्र्धन गर्दै आएको यो संस्थाको अन्य पदाधिकारीहरुमा उपाध्यक्ष बिश्वास श्रेष्ठ, महासचिव अजय देशार, कोषध्यक्ष उमेश नापित रहेका छन् ।

यसैगरी १४ जना कार्यसमिति सदस्यहरुमा कुन्दन ताम्राकार, नरेश अवाल, सुबिन श्रेष्ठ, जेनिश मास्के, प्रवेश डंगोल, बुकेश महर्जन, सुशिल सिंह, सुरज प्रधान, सबिन श्रेष्ठ, मोनिका श्रेष्ठ, शैलेश श्रेष्ठ, सिजन मान ताम्राकार र आषिश मान सिंह रहेका छन् ।

नेपाली आदिवासी जनजाति मंच अस्ट्रेलियाका अध्यक्ष एवं साधारणसभाका निर्वाचन अधिकृत अरुण तामाङ्ले नव निर्वाचित पदाधिकारीहरुको नाम सार्वजनिक गर्दै नयाँ पदाधिकारीहरुलाई कार्यकाल सफलताको शुभकामना दिएका थिए ।

संस्थाका पूर्व अध्यक्ष शिव श्रेष्ठले अघिल्लो कार्यकालमा सहयोग गर्ने सबै प्रति आभार ब्यक्त गर्दैै नयाँ कार्यसमितिलाई कार्य सफलताको लागि शुभकामना दिए ।

कार्यक्रममा संस्थाका गतिविधिहरुलाई नियामित रुपमा प्रयोजन गर्ने मेट्रो होम्सका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र कार्की र निर्देशक सज्जन कार्कीलाई मायाको चिनो प्रदान गरिएको थियो ।

संस्थाले अस्ट्रेलियामा नेपाली संस्कृतिको जगेर्ना गर्दै गुठी अस्ट्रेलियाले प्रत्येक वर्ष ई बेल विवाह र म्ह:पुजा गर्दै आएको छ ।