MENU

चिनियाँ पर्यटक नहुँदा विश्वभर पर्यटन उद्योग प्रभावित

चिनियाँ पर्यटकहरू नभएपछि विश्वभर पर्यटन उद्योग अत्यधिक प्रभावित भएको छ। चीनमा देखिएको कोरोनाभाइरसका कारण यस्तो प्रभाव देखिएको हो।

 

सीएनएन ट्राभलले जनाएअनुसार अस्ट्रेलियाका स्थानमा यसरी पर्यटन प्रभावित भएको हो। चिनियाँ पर्यटक समूहलाई अस्ट्रेलियाले निषेध गरेपछि यस्तो प्रभाव देखिएको हो।

 

 

यससँगै हङकङ, मकाउ, थाइल्यान्ड, जापान, दक्षिण कोरियालगायतका देशमा पनि पर्यटन उद्योग प्रभावित भएको छ।

 

चीनबाट आउने पर्यटकको सङ्ख्या प्रायः देशका लागि सबैभन्दा ठूलो सङ्ख्या हो।

 

सन् २००० मा ४५ लाख पर्यटक चीनबाट बाहिर घुम्न जान्थे भने यो सङ्ख्या सन् २०१८ सम्म १५ करोड पुगेको थियो।

 

अन्तर्राष्ट्रिय पर्यटकले गर्ने खर्च १७ खर्ब अमेरिकी डलरमध्ये चिनियाँहरूले झण्डै १६ प्रतिशत अर्थात् २.७७ खर्ब अमेरिकी डलर खर्च गर्छन्।