MENU

चिनियाँ मिडियाले लेख्यो : ‘सगरमाथा चीनमा पर्छ’

दक्षिण छिमेकी मुलुक भारतले नेपाली भूमि लिपुलेक हुँदै चीनको तिब्बतस्थित मानसरोवर जोड्ने सडक संचालनमा ल्याएको विषयमा विवाद भइरहँदा एक चिनियाँ सञ्चारमाध्यमले सर्वाेच्च शिखर सगरमाथा चीनमा पर्ने भन्दै दावी गरेको छ ।

चीनको लोकप्रिय टेलिभिजन ‘चाइना ग्लोबल टेलिभिजन नेटवर्क (सीजीटीएन)’ ले आफ्नो आधिकारिक ट्वीटरमासगरमाथा चीनको तिब्बतमा पर्ने उल्लेख गरेको हो ।

https://twitter.com/CGTNOfficial/status/1259375981652922368

‘सर्वोच्च शिखर सगरमाथा चीनको तिब्बत स्वायत्त क्षेत्रमा पर्ने विश्वको सर्वोच्च शिखर हो।’ ट्वीटमा भनिएको छ । समाचारको आलोचना शुरु भएको छ । नेपाली ट्वीटर प्रयोगकर्ताले गलत समाचार संप्रेशन गरेको भन्दै विरोध जनाइरहेका छन् ।

विरोध चर्किएपछि  सच्यो ट्वीट 

८ हजार ८४८.१३ मिटर उचाइ भएको सगरमाथाको उचाइ भूकम्पपछि घटेको अनुमान गरिएको छ । त्यसपछि सरकारले सगरमाथाको उचाइ नापेको थियो तर त्यसको प्रतिवेदन भने सार्वजनिक गरिएको छैन ।

चीनले पनि तिब्बती मोहडाबाट सगरमाथाको उचाइ नाप्न सुरु गरेको छ ।

चिनियाँ टेलिकम कम्पनी हुवावेले केही समयअघि सगरमाथा क्षेत्र ६ हजार ५ सय मिटरमा ५ जी सेवा विस्तार गरेको थियो ।