MENU

अस्ट्रेलियाको चिसो पानीमा पौडी खेल्नु अघि यस्ता कुराहरूमा ध्यान दिऔ

Wattamolla Beach- Royal National Park Sydney Photo: Rishi Acharya Source: Nepalese Australian

हरेक वर्ष लामो सप्ताअन्त होस् वा चाड पर्वको बेला अस्ट्रेलियाको नेपाली समुदाय पनि पारिवार र साथीभाइहरूसँग क्यम्पिङ, लामो दुरीको ड्रइभिङ, बनभोज, पौडी र माछामार्ने जस्ता मनोरञ्जनात्मक गतिविधिमा सहभागि हुन्छौ । यस्ता गतिविधिहरुमा सावधानी नअपनाउदा ठूला दुर्घटनाहरु हुने गरेका छन् ।

अहिले जाडोको समयमा अस्ट्रेलियका अधिकांस ताल, खोला र समुन्द्रमा पानी चिसो हुन्छ । चिसो पानीको अवस्थामा कसरी सुरक्षित् रहने भन्ने बारेमा रोयल लाइफस सेभिङ अस्ट्रेलियाको सहयोगमा यो सामग्री तयार गरेका छौ ।

निर्धारित सुरक्षा उपकरण वा होसियारी बिना चिसो पानीमा पस्दा अथवा एक्कासी चिसो पानीमा खस्दा हताहती हुन सक्छ । यसो हुँदा चिसो पानीको झड्का वा हैपोथार्मिया हुनसक्छ जसले निकै सक्षम् पौडीवाज समेत सबै उमेर समुह वा सुगठित मानिसहरु पनि प्रभावित हुनसक्छन् । यस्ता परिस्थितिहरुले शारीरिक क्रियाकलापमा घातक असर गर्न सक्छ र डुबानको खतरा बढ्नसक्छ ।

यद्यपि सबैजनाले वर्षभरि अस्ट्रेलियाको पानी न्यानो हुनसक्छ भन्ने अनुमान गरेका हुन्छन् । तर अस्ट्रेलियाका केहि स्थानहरुमा भने बर्षका धेरै महिनाहरुमा पानी चिसै रहन्छ ।

जाडो मौसम वा विन्टरमा हरेक जसोले पडिन छोडेपनि बर्षभरि पौडी र अन्य लोकप्रिय जल मनोरंजन जस्तै बोटिंग, कायाकिंग र फिसिंग गरिरहनछन् । पानी भित्र र पानी वरपर मनोरंजनात्मक गरिबिधि गर्दा मानिसको पानी भित्र पस्ने कुनै नियत नहुदा पनि सधै डुवानको खतरा रहन्छ ।

अस्ट्रेलियामा प्रतिवर्ष डुवानबाट हुने औसत ५२ मृत्यु मध्ये दुर्घटनापूर्ण खसाई पहिलो कारण हो । चिप्लो किनारा, खराब मौसम, र मदिरापान जस्ता कारणले पनि मानिस पानीमा डुवेका हुन्छन ।

चिसो पानीको झड्का

१५ डिग्री भन्दा कम तापक्रमको पानीमा एक्कासी पस्दा शरीरमा चिसोपानीको झड्का लाग्न सक्छ । यसले स्वासप्रस्वास तथा मुटुको धड्कन बढाउँन सक्छ जसले हापोथार्मिया र डुवान हुनसक्छ ।

मुटुको धड्कन बढ्यो भने छालामा भएका रक्तनलीहरु छिट्टो बन्द हुन सुरु गर्छन र यसले रक्तप्रबाहलाई कठिन गर्छ ।

चिसो पानीको झड्काको संकेतहरु :

  • छिटो छाला चिसिनु वा पहेलो हुनु
  • छिटो र अनियन्त्रित स्वासप्रस्वास
  • हाइपर भ्यान्तिलेसन
  • पिडा

हाईपोथर्मिया

हाइपोथार्मिया खतरनाक शारीरिक परिस्थिति हो जुन आधा घण्टा भन्दा बढी समय सम्म शरीरको तापक्रम ३५ डिग्री भन्दा कम हुन्छ । चिसो पानीमा एक्कासी पस्दा हुने झड्का लगतै यो हुनसक्छ ।

हाइपोथार्मियाका संकेतहरु :

  • अलमलिनु ( कन्फ्युजन)
  • संवेग गुमाउनु
  • शारिरिक अचेतता
  • अंगहरु अचल हुनु तथा थकित हुनु

थप जानकारीका लागि यो लिंक मा जानुहोस् ।

आपत्कालिन अवस्थामा प्रहरी, एम्बुलेन्स र दमकल सेवाको लागि ००० तिनवटा शुन्यमा फोन गर्नुहोस ।

यो सामग्री सार्वजनिक हितको लागि रोयल लाइफस सेभिङ अस्ट्रेलियाको अनुमति लिएर तयार गरिएको हो ।