MENU

जेमीले जिते गोल्डेन बुट

यो प्रिमियर लिगमा २३ गोल गरेका लेष्टर सिटीका स्ट्राइकर जेमी भार्डीले गोल्डेन बुट जितेका छन्।

यो संगै प्रिमियर लिगमा सबैभन्दा पाको उमेरमा गोल्डेन बुट जित्ने खेलाडिको रेकर्ड बनाएका भार्डीले, ग्यारी लाइनरले सन् १९८४—८५ मा बनाएको २४ गोलपछि सर्वाधिक गोल गर्ने खेलाडिको रेर्कड समेत बनाएका छन् ।

३३ बर्षको उमेर गोल्डेन बुट जितेका भार्टीले ३२ बर्षको उमेरमा गोल्डेन बुट विजेता डिडिएर ड्रोग्बाको रकेर्ड तोड्दै पाको उमेरमा गोल्डेन बुट जित्ने खेलाडिको रेकर्ड बनाएका हुन् ।

त्यस्तै म्यान्चेष्टरका केविन डी बु्रनेले प्लेमेकरको अवार्ड जित्दै गोल्डेन ग्लोवस् हात पारेका छन् ।