MENU

ट्रम्पले भारतलाई बेचे ३ अर्ब डलर बराबरको सैन्य सामग्री

भारतले अट्याक हेलिकप्टर सहित तीन अर्ब डलर बराबरको सैन्य सामग्री किन्ने घोषणा अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले गरेका छन् । यससँगै दक्षिण एसियाली क्षेत्रमा चीनसँगको शक्तिसन्तुलनका लागि अमेरिका र भारतले रक्षा र वाणिज्यिक सम्बन्ध गहिर्‍याएका छन् ।

भारत र अमेरिकाले ठूलो व्यापार सम्झौतामा पनि प्रगति गरिरहेको ट्रम्पले बताए । दुवै देशका सम्झौताकारहरूले कृषि सामान, स्वास्थ्य उपकरण, विद्युतीय कारोबार र नयाँ आयातकरका विषयमा रहेका भिन्नता कम गर्नका लागि विवाद गरिरहेका छन् ।

मंगलवार ट्रम्पले मोदीसँग एकालाप वार्ता गरेका थिए । त्यसअघि प्रतिनिधिमण्डल स्तरीय वार्ता भएको थियो । मोदी र ट्रम्पले बिग्रँदै गएको व्यापार विवाद लगायतका विषयमा अघि बढ्नका लागि चर्चा गरे ।

बैठकपछि ट्रम्पले आफ्नो भ्रमण फलदायी रहेको बताए । भारतले लकहीड मार्टिन नामक हतियार कम्पनीका २४ वटा सीहक हेलिकप्टरहरू किन्ने भएको छ । ती हृलिकप्टरमा हेलफायर क्षेप्यास्त्रहरू जडिएका छन् । अनि ६ वटा अपाचे हेलिकप्टर मगाउने योजना पनि बनिरहेको छ ।

चीनसँग समतुल्य बन्न भारतले आफ्नो सेनालाई आधुनिकीकरण गर्न खोजेको छ र अमेरिकासँग सैन्य सामग्री किन्ने गरेको छ ।

ट्रम्पले दुई देशबीच व्यापार सम्झौतामा प्रगति भइरहेको बताए । यसैले दुई देशबीच तनाव दिएको छ । दुई देशले सानो सम्झौता गर्ने योजना बनाएको भए पनि त्यो हुन सकेन ।

त्यसको साटो दुवै पक्षले ठूलो प्याकेजको लक्ष्य लिएका छन् जसमा स्वतन्त्र व्यापार सम्झौता पनि पर्न सक्छ