MENU

ट्विटरका संस्थापक ज्याक डोर्सेले गरे १ अर्ब डलर सहयोग

वासिङ्टन – सामाजिक सञ्जाल ट्विटरका प्रमुख कार्यकारी अधिकृत ज्याक डोर्सेले कोरोनाभाइरस महामारीसँग सम्बन्धित राहतका कार्यमा खर्च गर्ने गरी एक अर्ब अमेरिकी डलर उपलब्ध गराउने घोषणा गरेका छन्।

उक्त रकम डोर्सेले स्थापना गरेको स्क्वाएर इन्कको लगानीबाट उपलब्ध गराउने बताइएको छ।

ट्विटमा डोर्सेले आफ्नो सम्पत्तिको झण्डै २८ प्रतिशत बराबरको रकम परोपकारी कार्य गर्ने गरी खोलिएको संस्था स्टार्ट स्मल एलएलसीमा प्रदान गरेको उल्लेख गरेका छन्।

फोब्र्सका अनुसार डोर्सेको सम्पत्ति करिब ३३ अर्ब अमेरिकी डलर छ। -एएफपी