MENU

ट्वीटरले थाल्यो अमेरिकी राष्ट्रपतिको ट्वीटमा तत्थ्य जाँच : राष्ट्रपति ट्रम्प आक्रोशित


अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गरेको ट्वीटमा ट्वीटरले तत्थ्य जाँच गर्न सुरु गरेपछि, ट्रम प्रशासन र ट्वीटरबीच टक्कर परेको छ ।

ट्रम्पले ‘मेल–इन ब्यालट’ अर्थात हुलाक मार्फत हुने चुनावमा, धाँधली बाहेक अरु केही नहुने भन्दै गरेको ट्वीटमा ट्वीटरले त्यसको तल हुलाकबाट हुने मतदान सम्बन्धी तथ्य पेश गरेर तथ्य जाँचको सुरुवात गरेको हो ।


ट्वीटरले तथ्य–जाँचलाई चेतावनीको संकेत दिएर राख्छ र त्यसमा क्लिक गरेपछि तथ्या जाँच हेर्न पाइने छ । यो महिनाको सुरुमा ट्वीटरले यस्तो चेतावनी नोटिफिकेशन सम्बन्धी नयाँ फिचरबारे जानकारी गराएको थियो ।

ट्रम्पले सन् २००१ मा भएको लोरी क्लाउसुटिसको निधनका बारेमा गरेको भ्रामक ट्वीट डिलिट गर्न नमानेपछि ट्वीटरले उनका ट्वीटमा तथ्य–जाँच राख्न थालेको हो ।

यसैबीच, ट्वीटरले तथ्य–जाँच राख्न थालेपछि ट्रम्पले आक्रोश पोख्नु भएको छ।

आफ्नो ट्वीटमा सत्य जाँच थालिएको संकेतपछि लगत्तै ट्वीट गरेर ट्रम्पले ट्वीटरले वाक स्वतन्त्रताको हनन् गरेको आरोप लगाएका छन् भने आफूले राष्ट्रपतिका हैसियतमा वाक स्वतन्त्रतामाथि आक्रमण हुन नदिने चेतावनी दिएका छन् ।


उनले यो वर्षको नोभेम्बरमा हुने राष्ट्रपति चुनावमा अब ट्वीटरले दखल दिन थालेको आरोप समेत लगाएका छन् ।