MENU

तपाईंले Centrelink भुक्तानीको लागि आवेदन दिनु पर्छ ?

जागिर गुमाएकाले वा काम गर्न नसकेकाले तपाईंले Centrelink भुक्तानीको लागि आवेदन दिनु पर्ने भएमा अनलाइन माध्यमबाट आवेदन दिनुभयो भने सबैभन्दा चाँडो र सजिलो हुन्छ ।

पहिला नव आगन्तुक बासिन्दाहरू केही समय बसोबास गरेपछि मात्रा हामीले दिने भुक्तानी प्राप्त गर्न सक्थे र अहिले हामीले यो प्रतीक्षा अवधि हटाएका छौँ ।

तपाईंसँग Centrelink ग्राहक सन्दर्भ सङ्ख्या (CRN), छ भने तपाईं आफ्नो myGov प्रयोग गरी अनलाइनबाट Centrelink भुक्तानी दाबी गर्न सक्नुहुन्छ ।

तपाईंसँग CRN छैन भने my.gov.au मा गएर एउटा CRN प्राप्त गर्नुहोस् ।

तपाईं आफ्नो myGov खाता प्रयोग गरी आफूलाई चिनाउन (आफ्नो पहिचान स्थापना गर्न) तथा ग्राहक सन्दर्भ सङ्ख्या (CRN) प्राप्त गर्न सक्नुहुन्छ ।

यसका लागि तपाईंले सेवा केन्द्रको भ्रमण गर्नु पर्दैन ।

तपाईं पहिलादेखि नै हामीबाट भुक्तानी प्राप्त गरिरहनुभएको छ भने

अष्ट्रेलियाली सरकार थप वित्तीय सहायता प्रदान गरिरहेको छ ।

यो थप सहायतामा Economic Support Payment वा Coronavirus Supplement समावेश छ ।

तपाईं भुक्तानी प्राप्त गर्नुहुन्छ वा तपाईंसँग आफूलाई योग्य बनाउने कार्ड छ भने तपाईंले अरू केही गर्नु पर्दैन । तपाईं योग्य हुनुहुन्छ भने हामी तपाईंलाई स्वतः भुक्तानी दिने छौँ ।

Jobkeeper Payment

तपाईं आफ्नो रोजगारदाताबाट JobKeeper Payment प्राप्त गर्न योग्य हुन सक्नुहुन्छ । आफ्नो रोजगारदातालाई यो भुक्तानीको लागि दर्ता गरिएको छ वा छैन भन्ने कुरा सोधेर मात्र  Centrelink आय सहायता भुक्तानीको लागि आवेदन दिनुहोस् ।

तपाईंको रोजगारदाताले यो भुक्तानीको लागि दर्ता गरेका छन् र तपाईं योग्य हुनुहुन्छ भने उनले तपाईंलाई सो भुक्तानी दिने छन् ।

तपाईंले Centrelink आय सहायता भुक्तानी प्राप्त गरिरहेको अवस्थामा तपाईंका रोजगारदाताले तपाईंलाई JobKeeper Payment दिन थालेमा तपाईंले हामीलाई अनिवार्य रूपले यो कुराको जानकारी दिनु पर्छ ।

तपाईंले जानकारी नदिनुभएको खण्डमा तपाईं तपाईंले पाउनु पर्ने रकमभन्दा बढी रकम प्राप्त गर्नुहुने छ र तपाईंले बढी भएको रकम फिर्ता दिनु पर्ने छ । यो अवस्था आउन नदिने तपाईंले आफूले प्राप्त गरिरहेको आय सहायता भुक्तानी लिन छोड्नु पर्ने हुन्छ ।

अधिक जानकारीको लागि

servicesaustralia.gov.au/covid19 मा जानुहोस्

वा 131 202 मा टेलिफोन गरेर आफ्नो भाषामा Centrelink भुक्तानी तथा सेवाहरूको बारेमा जान्नुहोस् ।