MENU

तीजको दिन मिन्टो स्थित हिन्दु मन्दिर बन्द

Nepalese Australian

मिन्टो, सिड्नी । मिन्टो स्थित हिन्दु मन्दिर तीजको दिन बन्द रहने भएको छ । कोरोना भाइरसको प्रकोप नियन्त्रणको लागि न्यु साउथ वेल्स राज्य सरकारले जारी गरेको समाजिक दुरी सम्बन्धि नियमका कारण ब्यवस्थापन समितिले मन्दिर बन्द गर्ने निर्णय गरेको हो ।

मिन्टो मन्दिरकी ब्यवस्थापक रमा मिश्रका अनुुुसार अहिलेको विषम परिस्थितिमा भिडभाड कम गर्दै सामाजिक दुरी कायम गर्नु अत्यन्त जरुरी भएकोले मुक्तिगुप्तेश्रवर मन्दिर हरीतालिका तिजको दिन बन्द रहने छ ।

मिश्रले नेप्लिज अस्ट्रेलियनसँगको कुराकानीमा भनिन्, “मन्दिर ब्यवस्थापन समितिले सबै भक्तजहरुको दीर्घायु, सु स्वास्थ्य र प्रगतिको कामना गर्दै बिहान र साँझ भगवान महदेवको पुजा गर्नेछ । तर भक्तजहरुको लागि भने हरिलालिका तीजको दिनभरीनै मन्दिरको ढोका बन्द रहेने छ ।”

कोरोना भाइरसको प्रकोप नियन्त्रण गर्न साथ दिन मिन्टो मन्दिर ब्यवस्थापक समिति सबै भक्तजनहरुसँग अनुरोध गरेको छ ।

प्रत्येक वर्ष तीजको दिन १० हजार भन्दाबढी सिड्नीबासी हिन्दुधर्मावलम्बिहरु मिन्टो स्थित हिन्दु मन्दिरमा भेला हुने गर्थे । मिन्टो स्टेसनदेखि मन्दिर सम्म जान र आउन नेपाली समुदायिक संस्थाहरुको तर्फबाट बस सेवाहरु पनि संचालन भएका थिए ।

यसैबीच गैर आवासीय नेपाली संघ अस्ट्रेलियाका उपाध्यक्ष एवं न्यु साउथ वेल्स राज्य संयोजक देव गुरुङले दिदीबहिनीहरूलाई हरिलालिका तीजको शुभकामना दिदै सुरक्षित रहेर घर घरमा तीज मनाउन  अनुरोध गरेका छन् । सरकारले जारी गरेका सामाजिको दुरी सम्बन्धि नियम पालना गर्नु हाम्रो कर्तब्य भएकोले यस बर्ष घरमै तिज मनाउन गुरुङले अनुरोध गरेका छन् ।