MENU

थप १३० जनामा संक्रमण पुष्टि, परीक्षण बढाउने सरकारी तयारी

काठमाडौं, नेपाल ।

नेपालमा वितेको २४ घण्टामा थप १ सय ३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

देशभरका प्रयोगशालामा गरिएको ३ हजार ३ सय जनाको पीसीआर परीक्षणमा १३० जनामा कोरोना पोजेटिभ देखिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिए।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १८ हजार ६ सय १३ पुगेको छ।

आलोचनापछि परीक्षण बढाउने तयारी

नेपालमा कोरोना परीक्षणको दायरा नबढाइएको भन्दै चौतर्फि आलोचना भएपछि सरकारले चाँडै देशभरका सबै ल्यावबाट क्षमताजति परीक्षण गर्ने तयारी थालेको जनाएको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले, देशभर १८ हजारभन्दा बढी परीक्षण क्षमता रहेको भन्दै आवश्यक परे चाँडै परीक्षण्को संख्या र दायरा बढाउने गरि तयारी थालिएको बताए ।

विराटनगरमा कडाई

विराटनगर महानगरपालिकाले कोभिड–१९ को संक्रमण समुदायमा फैलिन सक्ने सम्भावनालाई न्यूनीकरण गर्न भन्दै सोमबारदेखि अत्यावश्यक सेवाबाहेक अन्य कार्य स्थगित गर्ने भएको छ ।

महानगरपालिका प्रमुख भीम पराजुलीको अध्यक्षतामा हिजो बसेको नगरस्तरीय कोभिड–१९ संकट व्यवस्थापन समिति बैठकले नगर तथा वडा कार्यालयले प्रदान गर्ने अत्यावश्यक सेवाहरु दमकल, एम्बुलेन्स, स्वास्थ्य, सरसफाइ, राजश्व व्यवस्थापनप, सामाजिक सुरक्षा तथा अत्यावश्यक सिफारिशबाहेक अन्य सबै सेवा स्थागित गर्ने निर्णय गरेको हो ।

प्रदेश नं १ मा वितेको २४ घण्टामा ३१ जनामा संक्रमण देखिदाँ मोरङका मात्रै २२ जना छन्। प्रदेश १ मा अहिलेसम्म संक्रमितको संख्या ९२२ पुगेको छ ।

प्रदेश दुइमा पनि सर्तकता

यसैबीच प्रदेश दुइका मुख्यमन्त्री लालबाबु राउतले कोरोना महामारी नियन्त्रणका लागि सीमानाकामा थप कडाइ गर्न सुरक्षा निकायलाई निर्देशन दिएका छन् ।

हिजो सम्पन्न पिसिएमसीको बैठकमा मुख्यमन्त्री राउतले पछिल्लो समयमा प्रदेशमा कडा लक्षण सहितको कोरोना संक्रमित फेला पर्न थालेकाले सीमानाकामा थप कडाइ गर्न निर्देशन दिए ।