MENU

दक्षिण अस्ट्रेलियाका तीन जना मन्त्रीले दिए राजिनामा; भत्ता दुरूपयोगको अनुसन्धान हुने

सरकारी भत्ता दुरूपयोग पछि दक्षिण अस्ट्रेलिया राज्यका तीन जना मन्त्रीले पदबाट राजिनामा दिएका छन्। साथै राज्यको विधायक परिषदका अध्यक्षले पनि आफ्नो पदबाट राजीनामा दिएका छन् ।

Adelaide City South Australia Photo: Rishi Acharya, Source: Nepalese Australian

एडिलेड । सरकारी भत्ताको दुरूपयोग भए पछि दक्षिण अस्ट्रेलिया राज्यले विगत १० वर्षमा मन्त्रीहरुलाई दिइएको भत्ताको अनुसन्धान गर्ने भएको छ । दक्षिण अस्ट्रेलिया राज्यका इन्डीपेन्डेन्टन कमिसनर अगेन्स्ट कर्रपसनका ब्रुस लान्डरले मन्त्रीहरुलाई दिइएको भत्ताको अनुसन्धान गर्ने जनाएका थिए ।

सरकारी भत्ता दुरूपयोग पछि दक्षिण अस्ट्रेलिया राज्यका तीन जना मन्त्रीले पदवाट राजिनामा दिएका छन्। साथै राज्यको विधायक परिषदका अध्यक्षले पनि आफ्नो पदबाट राजीनामा दिएका छन् ।

यातायात मन्त्री स्टेफन नोल, प्राथमिक उद्योग मंत्री टिम ह्वेटस्टोन र व्यापार मन्त्री डेभिड रिजवेले प्रधानमन्त्री स्टेभन मार्शलको मन्त्रिपरिषदको आफ्नो पदबाट राजीनामा दिएका हुन् । साथै माथिल्लो सदनका अध्यक्ष टेरी स्टेफेन्सले पनि राजीनामाको घोषणा गरेका हुन् ।

एबिसी न्यूजले प्रारम्भिक रिर्पोटिङमा स्टेफेन्सले आफ्नो अधिकांश समय एडीलेड स्थित घरमा विताएपनि आवास भत्ता लिएको जनाएको थियो ।

प्रिमियर स्टेभन मार्शल, डेपुटिप्रिमियर विकी च्यापम्यान र कोषाध्यक्ष रब लुकासले नयाँ मन्त्रिपरिषद्को घोषणा नभएसम्म उनीहरुको विभागको पदभार सम्भाल्ने बताइएको छ । “मलाई विश्वास लाग्दैन कि जानाजानी बेइमानी भएको छ । तर स्पष्ट के छ भने सरकारले यस्ताखाले कार्य चाहदैन,” मार्शलले आइतवार एडिलेडमा पत्रकारहरूलाई भने ।

कागजातले देखाए अनुसार नोल र ह्वेटस्टोनले यसअघि नै आवास खर्च लिइसकेको भएपनि पुन कुनै खर्च गर्नु अघि नै आवास भत्ता दाबी गरेको खुलेपछि उनीहरुले राजीनामा दिएका हुन् ।

प्रतिपक्ष दलका नेता पिटर मालिनाउस्कासले दक्षिण अस्ट्रेलियाको राजनीतिमा यो असाधारण दिन भएको जनाउदै मार्शलले उनीहरुलाई मन्त्री पदबाट वर्खास्त गर्नु अघि उनीहरूलाई प्रतिबन्ध लगाउनु पर्नेमा जोड दिए । उनले यस कदमलाई घोटालाको संज्ञा समेत दिए ।

लेबरका टम कोउट्सान्टोनिसले बताए अनुसार कागजातहरूको विश्लेषण गर्दा नोलले सन् २०१५ मा खर्च गर्नु अघि नै २० रातको लागि ५,५०६ डलर लिएको फर्ममा हस्ताक्षर गरेको फेला परेको हो । उनका अनुसार ह्वेटस्टोनले पनि चार रातको खर्चका लागि १,७४८ डलर अग्रिम भुक्तानी लिएका थिए ।

हिजो नै रिजवेले आफू विदेशमा हुदा पनि चालकका लागि खाली समय तालिकामा हस्ताक्षर गरेको स्विकारेका थिए ।
एक विज्ञप्ती मार्फत नोलले आफूले दक्षिण अस्ट्रेलियनको वृहत हितका लागि राजीनामा दिएको बताए ।त्यसैगरी, ह्वेटस्टोनले आफ्नो गल्ती स्विकार गर्दै थप विकर्षणलाई अत्य गर्नका लागि आफूले राजीनामा दिएको जनाए ।

विहिबार दक्षिण अस्ट्रेलियाका इन्डीपेन्डेन्टन कमिसनर अगेन्स्ट कर्रपसनका ब्रुस लान्डरले विगत १० वर्षमा मन्त्रीहरुलाई दिइएको भत्ताको अनुसन्धान गर्ने जनाएका थिए ।

एडिलेड भन्दा ७४ किलोमिटर टाढा भएका मन्त्रीहरुलाई रात विताउनुपर्ने अवस्थामा मात्र उनीहरुलाई प्रत्येक रातका लागि २३५ डलर आवास भत्ता दिइने गरिएको छ ।