MENU

दिवेश अमेरिकन आइडलको टप १० मा

अमेरिकन आइडलको १८ औं संस्करणमा सहभागी नेपाली युवा दिवेश पोखरेल उत्कृष्ट १० मा पुग्ने पहिलो नेपाली बनेका छन्।

’आर्थर गन’को नामबाट प्रतिष्पर्धामा सहभागि भएका २१ वर्षीय दिवेशले आफ्नो सामाजिक संजाल फेसबुक, इस्टाग्राम र ट्वीटरबाट आफू उत्कृष्ट १० मा पुगेको जानकारी दिएका हुन्।

आफू आउँदो दिनका लागि उत्साहित रहेको बताएका उनले आफूलाई भोट गर्ने सबैलाई साथ र समर्थनका लागि धन्यवाद दिएका छन्। टप १० मा पुगेपछि उनले फेसबुकमार्फत आफूलाई भोट गर्ने सबैलाई धन्यवाद दिएका छन्।

आइतबार साँझ उनले घरमा नै गीतार बजाएर ‘जोन डेन्भर’ को ‘टेक मि होम, कन्ट्री रोड्स’ बोलको गीत गाएका थिए। यो गीत पछि भोटिङ र प्रस्तुतिको आधारमा दिवेशलाई अर्को राउण्डमा लगिएको हो ।

अमेरिकन आइडलमा यति अगाडिसम्म पुग्ने उनी पहिलो नेपाली हुन्।