MENU

धर्ना दिन गएका चिनियाँ नागरिक र प्रहरीबीच सिंहदरबारमा झडप

सिंहदरबार अगाडि प्रहरीसँगको झडपका क्रममा प्रहरीले नियन्त्रणमा लिएका ४७ जना चिनियाँ नागरिक रिहा भएका छन्।

नेपालस्थित भिबो कम्पनीका प्रतिनिधिको जिम्मामा शुक्रबार साँझ सबैलाई छाडिएको काठमाडौं प्रहरी परिसरका प्रहरी उपरीक्षक सोमेन्द्र सिंह राठौरले जानकारी दिए ।

चिनियाँ नागरिकले आफ्नो देश फिर्ताको माग गर्दै  दिउँसो सिंहदरबार दक्षिण गेट अगाडि निषेधित क्षेत्रमा प्रदर्शन गर्दा प्रहरीले बल प्रयोग गर्नु परेको थियो ।

सामान्य झडका क्रममा प्रहरी वृत्त सिंहदरबारका प्रहरी उपरीक्षक हरिबहादुर बस्नेतसहित केही प्रहरी र केही चिनियाँ नागरिक सामान्य घाइते भएका थिए।

घटनास्थलबाट ११ महिलासहित ३२ जना र त्यस लगतै राजधानीका विभिन्न ठाउँबाट थप १६सहित ४७ जना चिनियाँलाई प्रहरीले नियन्त्रणमा लिएको थियो।