MENU

नाइट क्लबमा साम्राज्ञी र पुष्प (फोटो सहित)

फिल्म ‘मारुनी’को गीत ‘जाम्न माया जाम’ मंगलबार सार्वजनिक हुने भएको छ । फस्टलुकबाट नै प्रशंसा पाइरहेको फिल्मलाई नवल नेपालले निर्देशन गरेका हुन् ।

‘जाम्न माया जाम’ गीतमा ‘मनमगन’ गायक दिपक बज्रचार्यको स्वर छ । भिडियोमा नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह र नायक पुष्प खड्काका साथमा सय बढी कोरसलाई क्लबमा नचाइएको छ । गीतमा प्रविण सिंहले कोरियोग्राफी गरेका हुन् ।

पुनम इन्टरटेन्मेन्टको ब्यानरमा पुनम गौतमको निर्माण रहेको फिल्ममा नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह, पुष्पल खड्का , रेविका गुरुङ, लगायतको मुख्य भूमिका रहेको छ ।

नवल नेपालको निर्देशन रहेको फिल्ममा सुनिशा क्षेत्री, अरुण राज, आयुष प्रधान, शंखर सेढाइको साथमा बाल–कलाकारको रुपमा सायरा आचार्य, आभाष सिंह, सौर्य अधिकारीको अभिनय रहेको छ । फिल्ममा अर्जुन पोखरेल र कृष्ण काफ्लेको संगीत रहेको छ । फिल्म भदौ १३ गतेबाट प्रदर्शनमा आउने छ ।