MENU

निन्द्रा स्वास्थ्यबारे अस्ट्रेलियामा अनुशन्धान गर्दै नेपाली विद्यार्थी

Chhatra Shankar
Editor at Nepalese Australian

सिड्नी । तपाँईलाई निन्द्रा नलाग्ने समस्या छ ? या औषधी खाईरहनु भएको छ ? कतै तपाँईलाई औषधी खाएर साईड ईफेक्ट त गरेको छैन ? अथवा तपाँई औषधी बिना नै निद्रा नलाग्ने समस्याबाट कसरी मुक्त्त पाईएला भनेर सोचिरहनु भएको छ ? अव तपाँई नआक्तिनुहोस । औषधी बिनापनि निन्द्रा नलाग्ने समस्या कसरी समाधान हुन्छ भन्ने बारेमा अस्ट्रेलियामा अनुशन्धान शुरु भएको छ ।

वुल्क मेडिकल रिसर्च इन्स्टिच्युट र सिड्नी बिश्वबिद्यालयले संयुक्त रुपमा निन्द्रा स्वास्थ्य सम्बन्धी बैकल्पिक बिधिका बारेमा अनुशन्धान थालेको छ ।

को हुन निन्द्रा स्वास्थ्यमा अनुशन्धान गर्ने नेपाली बिद्यार्थी

लाहुरे परिवारमामा जन्मेका सोम पुन मूल घर पर्वतको लेस्पार हो । पुनले माध्यमिक तहको शिक्षा स्थानीय श्री शालिजा माबिबाट लिएका थिए । उनी २००९ मा अध्ययनका लागि सिड्नी आएका थिए ।

यसअघि पुनले सिड्नी बिश्वबिद्यालयबाट नर्सिङ बिषयमा स्नातकोत्तर गरेका छन् । पुन हाल सिड्नी विश्वविद्यालयबाट निद्रा स्वास्थ्य सम्बन्धी बिषयमा पिएचडी गरिहेका छन् र बुल्क मेडिकल रिसर्च इन्सिटच्युटलमा क्लिनिकल परीक्षण सम्बन्धि संयोजन गरिहेका छन् ।

पुनले नेप्लिज अस्टेलियनसँगको कुराकानीमा भने नेपाली विद्यार्थीहरुको खासै रोजाईमा नपर्ने यो बिषय मेरा लागि भने रमाईलो भएको छ । पुन भन्छन “हामी अल्पविकसित देशबाट आउने विद्यार्थीहरुले अघिल्लो पछिल्लो जे गर्यो त्यही गर्ने भन्दा पनि विदेशीहरु जस्तै अहिलेका नयाँ नयाँ बिषयमा अध्ययन अनुशन्धान आवश्यक छ ।”

पुनले अनुशन्धानका लागि काम गरिरहको संस्था बुल्क मेडिकल रिसर्च इन्स्टिच्युट, क्लिनिकल केयर माफर्त श्वास प्रश्वस साथै निद्रा स्वास्थ्यका बारेमा दुई सय भन्दा बढी अनुशन्धानकर्ताहरुको एक केन्द्र हो । उक्त संस्थामा नेपाली विद्यार्थी पुन सहित अस्ट्रेलियन, स्पेन, वेलायत, अमेरिकन, चाईनिज, रसियन र क्यानेडियन मुलका विज्ञहरु अनुशन्धानमा सक्रिय छन् ।

कसरी हुँदै छ अनुशन्धान ?

निन्द्रा स्वास्थ्यामा अनुशन्धान गरिहेका पुनका अनुशार अहिले निन्द्रा नलाग्ने मासिनहरु औषधिको प्रोयोग गरेर निदाइ रहेका छन । तर, नियमित औषधी सेवनले गर्दा मानिसहरुमा साईड ईफेक्ट पनि हुन्छ ।

सोम पुन भन्छन, “औषधीको प्रयोग बिनानै निद्रा स्वास्थ्यमा समस्या भएका मानिसहरुलाई उपचार गराउन हामीले लाईट थेरापीको मद्धतबाट निन्द्रा नलाग्ने मानिसहरुको समस्या समाधान गर्न सकिन्छ की भनेर अनुशन्धान गरिरहेका छौ ।”

पुन सहितको अनुशन्धानकर्मीहरुको विज्ञसमूहले शुरुमा ८० जनाको निन्द्रा स्वास्थ्य बारे अनुशन्धान गर्ने छ ।

होम बेस अनुशन्धान

कोराना भाईरस महामारी कारण विश्वका कतिपय मानिसहरुमा निन्द्रा स्वास्थ्य समस्या परेको भएपनि यकिन तथ्यांकहरु नभएको अनुशन्धानकर्ताहरुले बताएका छन । अस्टेलियामा पनि कोभिडको समयमा निन्द्रा स्वास्थ्य सम्बनधी समस्या बढेको देखिन्छ ।

कम्तिमा ६५ भन्दा माथिका करिव ५० प्रतिशत मानिसहरुमा निन्द्रा स्वास्थ्य समस्या देखिने अध्ययनले देखाएको छ । अझ कोभिडको समयमा मानिसहरुको निदाउने बानी पनि बदलिएको छ । त्यसैले अनुशन्धानकर्ताहरुले कोभिडको समयमा मानिहरुमा देखिने निन्द्रा स्वास्थ्य बारे अनुशन्धान थालेका छन ।

अनुशन्धातकर्ता सोम पुन भन्छन,  “निन्द्रा समस्या भएका वा नभएकाहरुलाई पनि हाम्रो होम बेस अनुशन्धानमा समेट्ने छौ र उनीहरुलाई परामर्श दिन्छौ । उनीहरुलाई हामीले आफ्नो दैनिक डायरी लेख्न प्रोत्साहीत गर्छौ । बिहान उठेदेखि बेलुका नसुतुन्जे सम्मको दैनिकी लेख्न अनुरोध गर्छाै । त्यति मात्र नभई उनीहरुलाई हामीले एउटा एक्टि ग्राफी घडी लगाई दिन्छौ र त्यो घडीले उनीहरुको सुताईको रेकर्ड राख्ने गर्दछ । घडीले उनीहरु बसिरहेको ठाँउमा कति उज्यालो परिहको छ भन्ने रेकर्ड राख्छ भने लाईट पिनले कुन रंग र कस्तो रंगको उज्यालो छ भन्ने वारेमा पनि रेकर्ड राख्छ ।”

दिँउसो ब्लु र ब्राईट कलरको लाईटले मानिसहरुलाई अलर्ट गराउछ र राति रातो रंगको लाईटले मानिसलाई समयमै सुत्नका लागि मद्धत पुर्याउने अनुशन्धातकर्ता दावी गरेका छन् । पुनका अनुसार सात दिन सम्म होम वेस अनुशन्धान गरेपछि उनीहरुबाट आएको तथ्यको अनुशन्धानपछि मात्र साच्चिकै निद्रा स्वास्थ्य सम्बन्धि समस्या भएका मानिसहरुलाई तीन दिन तीन रात ल्यावमै राखेर अनुशन्धान गरिने छ ।

ल्याब परीक्षण

निन्द्रा स्वास्थ्य सम्बन्धित समस्या भएका मानिसहरुलाई परीक्षणको लागि क्लिनिकल ल्यावमै लगिन्छ । उनीहरुलाई भत्ता सहित तीन दिन तीन रात ल्याबमै राखिन्छ । उनीहरुलाई लाईट थेरपी अनुशन्धानकर्मीहरुको रोहवारमा तीन दिन सम्म दिईन्छ । अनुशन्धानकर्ता मध्येका एक सदस्य पुनका अनुसार उनीहरुमा हाई डेन्सिटी ईईजी मार्फत अन्तिम परीक्षण गरिने छ । उक्त मसिनले मानिसहरुको ब्रेनमा भएको ईलेक्ट्कि एक्टिभिटीको रेकर्ड राख्छ ।

यस्ता प्रकाको अनुशन्धानले मानिसहरुको सुत्ने बाँनी बारे पक्ता लाग्ने छ र निद्रा स्वास्थ्य समस्या भएका मानिसहरुले औषधी बिनानै निदाउने नयाँ तथ्यहरु पनि पक्ता लाग्न सक्छन ।

यो लिंकमा गएर अनुसन्धानमा सहभागि हुन सिकन्छ ।

यो पनि पढ्नुहाेस्

https://nepaleseaustralian.com.au/archives/2595