MENU

निष्ठुरी बाबु जसले तीन सन्तान सहित पत्नीलाई कारमा आगो लगाएर मारे

ब्रिसबेन । एक बाबुले तीन सन्तान सहित पत्नीलाई  कारमा आगो लगाएर मारे छन् । रग्बी खेलका पूर्वखेलाडी रोवान ब्याक्सटर, उनकी पत्नी र उनीहरूका तीन सन्तानको मृत्यु अस्ट्रेलियाको ब्रिसबेनमा भएको छ । ब्याक्सटर आफैंले कारमा आगो लगाएका हुन् ।

 

अकल्यान्डको न्युजील्यान्ड वारियर्स टीमका पूर्व सदस्य ब्याक्सटर अस्ट्रेलियाको नेसनल रग्बी लीगमा थिए । उनले स्थानीय पेट्रोल पम्पमा एक भाँडोमा पेट्रोल भरेको अनि कारमा पेट्रोल छर्किएर आगो लगाएको अस्ट्रेलियन सञ्चारमाध्यममा छापिएको छ ।

प्रहरीले एक बयान जारी गरेर आफूहरूलाई स्थानीय समयअनुसार बुधवार बिहान साढे ८ बजे कारमा आगो लागेको विषयमा खबर आएको बतायो ।

 

एबीसी न्युज अस्ट्रेलियाका अनुसार, ४२ वर्षीय ब्याक्सटरले आफैंलाई चक्कु हानेको र कारबाट बाहिर निस्किएको तर घटनास्थलमै उनको मृत्यु भएको पाइएको छ ।

 

पत्नी हान्ना ब्याक्सटरलाई अस्पताल लगिएको भए पनि उनको मृत्यु भयो । उनी ३१ वर्षकी थिइन् । एबीसी अस्ट्रेलियाका अनुसार, हान्ना कारबाट हाम्फालेकी थिइन् र चिच्याएकी थिइन्, ‘उसले ममाथि पेट्रोल छर्कियो’ ।

 

प्रहरीले बताएअनुसार, प्रारम्भिक अनुसन्धानमा महिलाले कार चलाइरहेको र पुरुष अघिल्तिरको प्यासेन्जर सीटमा रहेको देखिन्छ ।

 

महिलाको शरीर निकै डढेको थियो । आगो लागेपछि एकजना पुरुषले उनलाई कारबाट निकालेका थिए । ती पुरुषलाई पनि आगोले डढाएको र अस्पताल लगिएको बताइएको छ ।

 

पतिपत्नीले ब्रिसबेनमा इन्टेग्रट नामक फिटनेस कम्पनी चलाउने गरेका थिए ।

 

Where to find help

 

If you or someone you know is experiencing sexual abuse or family violence contact 1800 RESPECT on 1800 737 732

 

Don’t go it alone. Please reach out for help by contacting Lifeline on 13 11 14

 

Men who have anger, relationship or parenting issues, should contact the Men’s Referral Service on 1300 766 491