MENU

नेपालका अमृत राई संयुक्त राष्ट्र संघ वित्तीय कमिटीको अध्यक्षमा निर्वाचित

काठमाडौं, नेपाल ।

नेपाल पहिलोपटक, संयुक्त राष्ट्र संघको ७५ औं महासभाको आर्थिक तथा वित्तीय कमिटीको अध्यक्षमा निर्वाचित भएको छ।

न्युयोर्कस्थित नेपाली नियोगले, सामाजिक संजाल ट्वीटर मार्फत यो पदमा पहिलोपटक नेपालका तर्फबाट अमृत राई सर्वसम्मतिले निर्वाचित भएको जानकारी दिएको हो ।

राष्ट्र संघका लागि स्थायी प्रनिनिधि राई अध्यक्षमा निर्वाचित भएको कमिटीले दिगो विकास, गरिबी उन्मूलन, व्यापार, विकासका लागि वित्त, विश्वव्यापीकरण, अन्तर्र्राष्ट्रिय वित्तीय प्रणाली, विकासका लागि सूचना तथा प्रविधि, जलवायु परिवर्तन, प्रकोप साथै अल्पविकसित देशले सामना गरेको समस्या हेर्ने गर्छ।

‘राष्ट्र संघमार्फत अन्तर्राष्ट्रिय क्षेत्रमा नेपालका सकारात्मक भूमिका निर्वाह गर्नका लागि यो महत्वपूर्ण अवसर हो’ नियोगले भनेको छ।

नेपालले, महासभाका ६ वटा मुख्य कमिटीमध्ये दोस्रो आर्थिक तथा वित्तीय कमिटीलाई कमिटीमा राईको नाम अध्यक्षमा अनुमोदन गर्ने एसिया प्रशान्त समूह र नेपालप्रति विश्वास व्यक्त गर्नेहरूप्रति धन्यवाद व्यक्त गरेको छ ।