MENU

नेपालका प्रतिनिधिसभाका सभामुखको सुरक्षामा खटिएका सुरक्षाकर्मीलाई कोरोना संक्रमण

काठमाडौं, नेपाल ।

नेपालका प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाको सुरक्षामा खटिएका एक सुरक्षाकर्मीलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

सभामुख सापकोटाको सचिवालयद्धारा प्राप्त जानकारी अनुसार सभामुखको सुरक्षाका निमित्त अगाडि गाडीमा हिँड्ने मध्येका एक प्रहरीलाई कोरोना पुष्टि भएको छ ।

उनी प्रहरी हेडक्वार्टरमा बस्ने गरेका छन्।

उनी संक्रमित भएपछि सभामुख निवासका अन्य सुरक्षाकर्मी र कर्मचारीको पनि स्वाब संकलन गरिएको छ।

उनीहरुको नतिजा आउन बाँकी छ ।