MENU

नेपालका प्रधानमन्त्रीका तीन सल्लाहकारलाई कोरोना संक्रमण

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीका तीन सल्लाहकार तथा एक स्वकीय सचिवमा कोरोना संक्रमण देखिएको छ।

प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल, विदेश मामिला सल्लाहकार राजन भट्टराई र प्रेस सल्लाहकार सूर्य थापा र स्वकीय सचिव इन्द्र भण्डारीलाई कोरोना संक्रमण पुष्टि भएको हो ।

प्रधानमन्त्रीको सचिवालय तथा सुरक्षाकर्मीसहित बालुवाटारमा कार्यरतहरुको पीसीआर परीक्षण गर्दा संक्रमण पुष्टि भएका तीनै सल्लाहकारहरुले सामाजिक सञ्जालमार्फत आफुहरु होम आइसोलेशनमा बसेको जानकारी दिएका छन् ।

साथै पछिल्लो समय आफ्नो सम्पर्कमा आएका सबैलाई आफ्नो स्वास्थ्यको ख्याल गर्न समेत उनीहरुको आग्रह छ ।