MENU

नेपालको नक्शा सम्बन्धी दोस्रो संविधान संशोधन राष्ट्रियसभाबाट पनि पारित

फोटो : राष्ट्रियसभा सचिवालय

काठमाडौं, नेपाल ।

नेपालमा, निशान छापमा रहेको नेपालको नक्सा संशोधन गर्ने संविधान संशोधन विधेयक राष्ट्रियसभाबाट सर्वसम्मतिले पारित भएको छ ।

५९ सदस्यीय राष्ट्रियसभामा सांसद उपस्थित सबै ५७ जना सांसदले, संविधान संशोधनको पक्षमा मतदान गरेको अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले घोषणा गरेका हुन् ।

फोटो : राष्ट्रियसभा सचिवालय

अध्यक्ष तिमिल्सिनाले, निर्णायक अवस्थामा बाहेक मत हाल्नु नपर्ने व्यवस्था रहेकोले मत हाल्नु भएन भने अनुपस्थित भनिएका अर्का एक जना सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनित हुनै बाँकी छ ।

यो संगैं प्रतिनिधिसभाले जेठ ३१ गते सर्वसम्मत पारित गरेर पठाएको विधेयकलाई बिहीबार राष्ट्रियसभाले पनि सर्वसहमतिले पारित गरेको छ ।

प्रतिनिधिसभाले पारित गरेर पठाएको विधेयक राष्ट्रियसभामा सचिव राजेन्द्र फुयालले गएको आइतबार राष्ट्रिय सभामा प्रस्तुत गरेका थिए भने त्यही दिन सैद्धान्तिक छलफल सकेर विधेयकमाथि संशोधन दर्ता गराउन ७२ घण्टा समय दिइएको थियो।

सो अवधिमा विधेयकमाथि कुनै संशोधन नपरेपछि आज आवश्यक छलफल गरि प्रस्ताव पास गरिएको हो ।

यसअघि, भारतीय अतिक्रमणमा परेको लिम्पिाधुरा, कुटी, गुञ्जी, नावीसहितका भूमाग समेटेर सरकारले जेठ ७ गते राजनीतिक तथा प्रशासनिक नक्सा लागू गरेको थियो।