MENU

नेपालको बाँके नरैनापुरमा निषेधाज्ञा

बाँकेको नरैनापुरलाई निषेधित क्षेत्र घोषणा गरिएको छ ।

आइतबार बसेको बैठकले, जिल्ला सुरक्षा समितिको बैठकले राति ८ बजेबाट निषेधित लागू गर्ने र नेपाली सेनासहित सुरक्षाकर्मी परिचालन गर्ने निर्णय गरेको हो ।

कोरोना संक्रमण नियन्त्रणमा स्थानीयको आशातित सहयोग नभएकोले निषेधाज्ञा जारी गरिएको स्थानीय प्रशासनले जनाएको छ ।

नरैनापुरमा कुल ११४ जनामा कोरोना संक्रमण देखिएको छ भने एकको मृत्यु भएको छ ।

यसअघि स्थिति नियन्त्रण बाहिर गएको भन्दै गाउँपालिकाले शनिबार सेना परिचालन गर्न माग गरेको थियो ।