MENU

नेपालको राजधानी काठमाडौं प्रवेशमा कडाई रातको समयमा प्रवेश प्रतिवन्ध

काठमाडौं, नेपाल ।

नेपाल सरकारले रातको समयमा काठमाडौं उपत्यका प्रवेशमा प्रतिबन्ध लगाएको छ।

बाहिरबाट काठमाडौं उपत्यका छिरेका यात्रुबाट कोरोना संक्रमण फैलिएको भन्दै, गृह मन्त्रालयले बिहिबार एक विज्ञप्ति निकालेर देशका विभिन्न स्थानबाट काठमाडौं प्रवेशमा प्रतिवन्ध लगाइएको जानकारी दिएको हो ।

गृह मन्त्रालयका सहप्रवक्ता उमाकान्त अधिकारीले, जारी गरेको विज्ञप्तिमा बिहिबार देखि नै लागुहुने गरि अबदेखि साँझ ७ बजेदेखि बिहान ७ बजेसम्म उपत्यकाका नाकामा आवागमन पूर्ण रुपमा बन्द गराइएको जानकारी दिइएको छ ।

महोत्तरी सदरमुकाम जलेश्वरमा शुक्रबारदेखि निषेधाज्ञा

कोरोना संक्रमण फैलिनथालेपछि महोत्तरीको सदरमुकाम जलेश्वर र महोत्तरी गाउँपालिकाका केही स्थानमा निषेधाज्ञा लागु हुने भएको छ ।

बिहीबार बसेको कोभिड १९ रोकथाम तथा नियन्त्रण जिल्ला समितिको निर्णयले शुक्रबार राति ११ बजेदेखि सदरमुकामको बजार क्षेत्र र महोत्तरी गाउँपालिका वडा नं. २ र ५ मा पाँचदिनको लागि निषेधाज्ञा लगाउने निर्णय भएको प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालले जानकारी दिए।

यस्तै महोत्तरी गाउँपालिकाको वाडा नं. ३ र ५ मा सोही समयदेखि निषेधाज्ञा लागु हुने छ ।

एकसाता अघि महोत्तरी गाउँपालिका ३ का ६४ वर्षीय कोरोना संक्रमण पुरुषको उपचारको क्रममा धरान स्थित विपी कोइराला विज्ञान प्रष्ठिान धरानमा मृत्यु भएको थियो।

निषेधाज्ञा गरिने क्षेत्र भित्रमा अति आवश्यक बाहेक सबै कार्यालय र सेवाहरु बन्द रहने जनाइएको छ।