MENU

नेपालको संसदद्धारा, संविधान संशोधनमाथि विचार गरियोस् भन्ने प्रस्ताव पारित

नेपालको प्रतिनीधिसभाले, नक्सा सम्बन्धी संविधान संशोधनमाथि विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मत रुपमा पारित गरेको छ ।

मंगलबारको प्रतिनीधिसभा बैठकमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री शिवमाया तुम्बाहाङ्फेले प्रस्तुत गर्नुभएको ‘नेपालको संविधान (दोस्रो संशोधन) विधेयक, २०७७ माथि विचार गरियोस’ भन्ने प्रस्ताव संसदल सर्वसम्मत पास गरेको हो ।

यसस‌गै संविधान संशोधन विधेयकमा सांसदहरुले संशोधन दर्ता गराउने ७२ घण्टे समय सुरु भएको छ।

मंगलबार प्रतिनिधिसभाले ‘विचार गरियोस्’ भन्ने प्रस्ताव सर्वसहमतिले पारित गरेपछि सांसदहरुले संशोधन दर्ता गराउन समय पाएका हुन्।

प्रतिनिधिसभामा संविधान संशोधन विधेयकबारे चलेको झण्डै तीन घण्टा सम्म चलेको छलफल पछि सभामुख अग्नी सापकोटाले सो प्रस्ताव निर्णयार्थ प्रस्तुत गनुभएको थियो ।

त्यसअघि छलफलमा सहभागि सत्तापक्षसहित प्रमुख विपक्षी कांग्रेस, समाजवादी र राजपाका सांसदहरुले संविधान संसोधन विधेयकको स्वागत गर्दै समर्थन गरेका थिए।

कालापानी, लिपुलेक र लिम्पियाधुरालाई समेटेर जारी गरिएको नक्साअनुसार संविधानको अनुसुची ३ मा रहेको निशान छाप संशोधन गर्न लागिएको छ ।