MENU

नेपालको संसदमा संविधान संशोधन विधेयकमाथि छलफल सुरु

काठमाडौं, नेपाल ।

संविधान संशोधन विधेयकमाथि छलफल सुरु भएको छ।

कानुनमन्त्री शिवमाया तुम्बाहाम्फेले नेपालको संविधान दोस्रो संशोधन विधेयक २०७७ लाई विचार गरियोस् भन्ने प्रस्ताव प्रतिनिधिसभामा पेश गरेपछि विधेयकमाथि छलफल सुरु भएको हो।

यसअघि सरकारले संघीय संसद सचिवालयले जेठ १९ गते राजपत्र र २० गते गोरखापत्रमा सर्वसाधरणको जानकारीका लागि संविधान संशोधन विधेयक सार्वजनिक गरेको थियो ।

सर्वसाधरणको जानकारीका लागि सार्वजनिक गरेको सात दिनपछि विधेयक छलफलका लागि संसदमा प्रस्तुत गर्न सकिने प्रावधानअनुसार विधेयक अघि बढाइएको हो ।

संशोधन विधेयकमाथिको सैद्धान्तिक छलफल सकिएमा सांसदहरुलाई संशोधन दर्ता गराउन ७२ घण्टाको समय दिइनेछ।

भारतले अतिक्रमण गरेको लिम्पियाधुरा, कुटी, गुञ्जी, नावीसहितको भूभाग समेटेर सरकारले जेठ ७ गते नेपालको नयाँ राजनीतिक तथा प्रशासनिक नक्सा सार्वजनिक गरेको थियो ।