MENU

नेपालबाट चार्टर्ड उडान पनि बन्द, विदेशमा अलपत्र नेपाली अन्यौलमा

काठमाडाै‌, नेपाल ।

सरकारले, कामदारको उद्धारका लागि तय भइसकेका चार्टर्ड उडान पनि स्थगित गर्ने निर्णय गरेको छ ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई पत्र लेखेर कोभिड—१९ संकट व्यवस्थापन सञ्चालन केन्द्र सीसीएमसीले अन्तर्राष्ट्रिय उद्धार उडानहरु स्थगित गर्न निर्देशन दिएको हो ।

यसअघि गत सोमबारको मन्त्रिपरिषद बैठकले ३ सय जना दूतावासहरुको सिफारिसमा र अरु २ सय जना वैदेशिक रोजगार कल्याणकारी कोषको रकम खर्चेर २ सय जना गरी दैनिक ५ सय जना उद्धार गर्ने निर्णय गरेको थियो ।

तर उद्धार गरिएकालाई राख्न होटल व्यवस्थापन नभएको भन्दै सीसीएमसीले नै मन्त्रालयलाई उद्धार उडान स्थगित गर्न भनेको हो ।

यसैबीच नेपाल एयरलाइन्सले, पनि सूचना निकालेर उडानहरू स्थगित भएको जानकारी दिएको छ ।

सोमबारका  लागि तय भएको काठमाडौं दुबइ उडानपछि तत्काल कुनैपनि उडान नहुने एयरलाइन्सले जनाएको छ ।

अहिले झण्डै ८० हजारभन्दा बढी विदेशमा रहेका नेपाली उद्धारको प्रतिक्षामा रहेको तत्थ्याङ्क छ ।