MENU

नेपालबाट विदेश जानेको स्वास्थ्य परीक्षण लागि तीन अस्पताल तोकियो

काठमाडौं, नेपाल ।

नेपाल सरकारले, विदेश जानुपर्नेका लागि कोरोना लगायत अन्य स्वास्थ्य परीक्षण गर्न तीनवटा अस्पताल तोकेको छ ।

सरकारले, भिसा आवदेन वा निरोगिताको प्रमाणपत्रका लागि आवश्यक पर्दा गरिने नमूना संकलन र परीक्षण अबदेखि वीर अस्पताल, शिक्षण अस्पताल र पाटन अस्पतालको ल्याबमा गरिने व्यवस्था मिलाएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले जानकारी दिए।

त्यस्तै सरकारले अब पीसीआर टेष्ट निजी ल्याबले पनि गर्न पाउने व्यवस्था गरेको छ ।

आवश्यक प्रक्रिया पुरा गरी प्राइभेट ल्याबलाई पनि स्वाब नमूना जाँच्न दिने व्यवस्था गरिएको र त्यसका लागि लाग्ने खर्च नेपाल सरकार, स्वास्थ्य मन्त्रालयले व्यवस्था गरिसकेको गौतमले जानकारी दिए