MENU

नेपालबारे भारतिय रक्षामन्त्रीको टिप्पणी : कुछ न कुछ तो हे कहीं से

स्रोत : जीन्यूज

भारतीय रक्षामन्त्री राजनाथ सिंहले, नेपालले नयाँ नक्सा जारी गर्नुको पछाडि अरुनै कसैको हात रहेको आरोप लगाएका छन् ।

मंगलबार साँझ भारतिय टेलिभिजन च्यानल जी न्युजमा सुधिर चौधरीलाई दिएको अन्तर्वार्तामा रक्षामन्त्री राजनाथ सिंहले, आफुले कसैलाई आरोप नगलाउने तर नेपालले चालेका पछिल्ला कदममा ‘कसै न कसैको हात रहेको’ टिप्पणी गरेका हुन् ।

नेपालसँग भारतको सदियौँदेखिको भावनात्मक सम्बन्ध रहेको बताएका मन्त्री सिंहले दुई देशको बीचको असमझदारी हटाउन भारतले सक्दो प्रयास गर्ने पनि बताए ।

त्यसअघि हिजै, सिएनएन–न्युज–एटीनसँग कुरा गर्दै मन्त्री सिंहले अन्य मुलुकका बारेमा जस्तो नेपालबारे टिप्पणी नगर्ने बताएका थिए ।

सो अन्र्तवार्तामा पनि उनले नेपालको जनसंख्याको ठुलो हिस्सा भारतीय जनसंख्यासँग भावनात्मक सम्बन्ध राख्ने भन्दै उहाँले भाइ–भाइको सम्बन्ध सुधार्न लागिपर्ने आश्वासन दिएका थिए ।

भारतले नेपाली भूमी मिचेर बनाएको सडक उद्घाटन गरेपछि, नेपाल र भारतको सम्बन्धमा चिसोपन आएको छ ।

केही दिन अघिमात्रै नेपालले भारतले अतिक्रमण गरेको लिम्पियाधुरासम्मको भूभागलाई समेटेर नयाँ नक्सा जारी गरेको छ। जसलाई वैधानिकता दिन संविधान संशोधनको प्रस्ताव समेत संसदमा दर्ता भइरसकेको छ।