MENU

नेपालमा अस्पतालको आइसोलेसनमा रहेका ५५ वर्षीय पुरुषको मृत्यु

कोरोना भाइरस (कोभिड–१९) संक्रमणको आशंकामा कैलालीको सेती प्रादेशिक अस्पतालको आइसोलेसनमा भर्ना गरिएका कैलालीका ५५ वर्षीय पुरुषको मृत्यु भएको छ।

जिल्लाको गौरीगंगा नगरपालिका–७ का ५५ वर्षीय पुरुषको आइसोलेसनमा मृत्यु भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले जानकारी दिनुभयो ।

भारतको महाराष्ट्रबाट नेपाल फर्किएका ती पुरुषलाई कोरोना आशंकामा हिजो बेलुका सेती प्रादेशिक अस्पतालको आइसोलेसनमा भर्ना गरिएको थियो।

उनको पिसिआर परीक्षणका लागि स्वाव लिइएको तर कोरोना परीक्षणको रिपोर्ट भने आउन बाँकी छ।

सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या १७ पुगेको छ। अहिले सेती प्रादेशिक अस्पतालको आइसोलेसनमा बैतडीका चार र अछामका दुई जना गरी छ जना संक्रमितको उपचार भइरहेको छ ।