MENU

नेपालमा अहिलेसम्मकै बढी कोरोना संक्रमित थपिए, संक्रमितको संख्या झण्डै २१००

नेपालमा मंगलबार अहिलेसम्मकै बढी एकैदिन २८८ जनामा कोरोना पुष्टि भएको छ।

थप २८८ जनामा कोरोना पुष्टि भएसंगै नेपालमा  संक्रमितको संख्या २ हजार ९९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए ।

हालसम्म सबैभन्दा धेरै प्रदेश २ मा ८१६ जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै प्रदेश ५ मा ६९९, कर्णाली प्रदेशमा २६२, प्रदेश १ मा १६८, सुदूरपश्चिममा ७३, बागमतीमा ५४, गण्डकीमा ३७ जनामा संक्रमण पुष्टि भएको छ।

पछिल्लो २४ घण्टामा थप ४५ जना उपचारपछि निको भएर घर फर्किएपछि कोरोनालाई जितेर घर फर्कनेको संख्या २६६ पुगेको छ।