MENU

नेपालमा आइसोलेसनमा रहेका अर्का युवाको पनि मृत्यु कोरोना टेष्ट हुदै

नेपालमा रोल्पा अस्पतालको आइसोलेसनमा राखिएका एक युवकको मृत्यु भएको छ ।

गएको आइतबार बेलुकादेखि आइसोलेसनमा रहेका रोल्पा नगरपालिका–१ का २२ वर्षीय युवकको सोमबार दिउँसो मृत्यु भएको जानकारी दिइएको हो ।

रोल्पा अस्पतालका अनुसार ती युवक कोरोना संक्रमित हुन् कि होइनन् भन्ने पत्ता लगाउन नमूना संकलन गरी दाङको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाइएको छ ।

उनी मिर्गौलाका बिरामी थिए र काठमाडौंमा डायलाइसिस गराउँदै आएका थिए । आइतबार रोल्पा फर्किएलगत्तै उनलाई आइसोलेसनमा राखिएको थियो ।