MENU

नेपालमा आगामी बर्षको नीति तथा कार्यक्रम प्रस्तुत हुदै

राष्ट्रपति विद्यादेवी भण्डारीले, आज संघीय संसदमा सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै छिन् ।

अपरान्ह ४ बजे बस्ने संसदको संयुक्त सदनमा प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले तयार गरेको नीति तथा कार्यक्रम राष्ट्रपति भण्डारीले प्रस्तुत गर्ने कार्यतालिका छ ।

नीति तथा कार्यक्रममा कोरोना प्रभावित क्षेत्रलाई उत्थान गर्ने कार्यक्रम पनि समावेश रहेको बताइएको छ। तर के कस्ता विषय समेटिएको छ भन्ने कुनैपनि छनक दिइएको छैन

नीति तथा कार्यक्रममा सरकारले आत्मनिर्भरता, औद्योगिक उत्पादन वृद्धि र निर्यातलाई जोड दिएको तथा स्वास्थ्य, शिक्षा, रोजगारी, कृषि, सिँचाई जस्ता क्षेत्रलाई प्राथमिकतामा राखेको दाबी गरिएको छ ।