MENU

नेपालमा आज गणतन्त्र दिवस मनाईदै

फाइल फोटो

आज नेपालमा तेस्रो गणतन्त्र दिवस मनाईदै छ ।

नेपाल सरकारले कारोना महामारीका कारण कुनै औपचारिक कार्यक्रम तय नगरेपनि, तीन दिनसम्म साँझ दीपावली गरेर गणतन्त्र दिवस मनाउन अनुरोध गरेको छ ।

मन्त्रिपरिषदको निर्णयअनुसार जेठ १४,१५ र १६ गते संघ, प्रदेश तथा स्थानीय तहका सम्पूर्ण सरकारी, गैरसरकारी कार्यालय, आम नागरिक एव् विदेशस्थित नेपाली राजदूतावास नियोग तथा बाणिज्य दूतावासहरुमा तीन दिन साँझ दिपालवली गरी गणतन्त्र दिवस मनाउन अनुरोध गरेको हो ।

यसअघि खुलामञ्चमा विशेष कार्यक्रमका साथ गणतन्त्र दिवस मानाइँदै आएपनि यो वर्ष कोरोना भाइरसका कारण विगतका जसरी यो दिवस मनाउन नसकिने सरकारले जनाएको छ ।

संविधानसभाको पहिलो बैठकले विसं २०६५ जेठ १५ गते नेपाललाई सङ्घीय लोकतान्त्रिक गणतन्त्र घोषणा गरेको सम्झनामा प्रत्येक वर्ष जेठ १५ गते यो दिवस मनाइन्छ ।

झन्डै अढाइ सय वर्षको इतिहास बोकेको शाह वंशीय राजतन्त्रलाई बिदाइ गर्दै नेपालमा गणतन्त्र स्थापना भएको हो ।
यसैबीच गणतन्त्र दिवसको सन्र्दभ पारेर नेपालका राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओलीले शुभकामना सन्देश जारी गरेका छन् ।