MENU

नेपालमा एकैदिन थप ८ जनामा कोरोना पोजेटिभ, संक्रमितको संख्या १ सय १० पुग्यो

उदयपुरमा थप एक जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएसँगै नेपालमा कोरोना संक्रमतिको संख्या १ सय १० पुगेको छ।

शनिबार साँझ थप १ जना महिलामा कोभिड १९ पोजेटिभ देखिएसंगै आज मात्रै उदयपुरमा चार जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

यसअघि शनिबार बिहान उदयपुरकै तीन जना, पर्साका एक र कपिलबस्तुका तीन जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो।

शनिबार उदयपुर त्रियुगा नगरपालिका ३ स्थित भुल्के क्षेत्रबाट २ सय ३७ वटा स्वाबको नमूना ल्याइएकोमा ४ जनामा कोरोना पोजेटिभ देखिएको कोशी अस्पतालकी निमित्त मेसु डा. संगीता मिश्राले जानकारी दिइन् ।

नयाँ ४ जनामा पोजेटिभ देखिएसँगै उदयपुरमा कोरोना संक्रमितको संख्या ३२ पुगेको छ। जसमा ६ महिला र बाँकी पुरुष छन्।