MENU

नेपालमा एकैदिन हाल सम्मकै उच्च ५८६ जनामा कोरोना पुष्टि

काठमाडौं, नेपाल ।

नेपालमा बुधबार एकैदिन हालसम्मकै सबैभन्दा बढी ५८६ जना कोरोना संक्रमित थपिएका छन्।

बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले बुधबार ४० महिला र ५४६ पुरुष गरि कुल ५ सय ८६ संक्रमित थपिएको जानकारी दिए ।

यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ७ हजार १ सय ७७ पुगेको छ।

अहिलेसम्म नेपालमा कोरोनाका कारण २० जनाको ज्यान गइसकेको छ ।

मृगौला सम्बन्धी समस्याका कारण जेठ ३० गते नेपालगञ्ज मेडकल कलेज शिक्षण अस्पतालमा भर्ना भएकी बाँके बैजनाथ—६ की ४६ वर्षिया महिलाको कोरोनाका कारण असार १ गते साँझ मृत्यु भएको थियो ।

योसँगै नेपालमा कोभिड १९ का कारण मृत्यु हुनेको संख्या २० पुगेको छ ।